फिल्म सम्बद्ध सङ्घसंस्थालाई 'बुलाकी' ज्ञापन पत्र

काठमाडौँ । साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'बुलाकी' निर्माण टिमले चलचित्र सम्बद्ध विभिन्न सङ्घ संस्थालाई ज्ञापनपत्र बुझाउँदै सहयोगको लागि आह्वान गरेको छ । नेपाली समाजको वास्तविक एवम् मौलिक कथा उठान गरेको चलचित्रको प्रदर्शनमा सहजता खोज्दै ज्ञापनपत्र प्रदान गरिएको हो ।
निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माता तथा कलाकार बिराज विष्टले चलचित्र विकास बोर्ड, चलचित्र निर्माता सङ्घ, चलचित्र सङ्घ लगायतका सङ्घ संस्थाको कार्यालयमा पुगेर सहयोगको अपिल गरेका हुन् ।
`देशको आफ्नै समाजको मौलिक कथा उठान गरेको 'बुलाकी'लाई नेपाल र विश्वभरी छरिएका नेपाली दर्शकहरू नजिक पुर्याउनुपर्छ र पुग्नुपर्छ, हरेक नेपालीले हेर्नुपर्छ भन्ने हाम्रो बुझाइ छ । साउन ३२ गते रिलिज हुने यो चलचित्रलाई धेरै भन्दा धेरै दर्शकमाझ पुग्ने वातावरण बनाउन यहाँहरूको साथ, सहयोग र सद्भावको खाँचो महसुस गरेको छु' विष्टले पत्रमा उल्लेख गरेका छन् ।
निर्माता विष्टले देशको परिवेश र यथार्थता बोकेको फिल्म हेर्नको लागि नजिकको चलचित्र घरमा पुगेर आफ्नो टिमको प्रयासमा हातेमालो गर्न सम्पूर्ण नेपाली दर्शकलाई आह्वान समेत गरेका छन् ।
पश्चिम नेपालमा विद्यमान जारी प्रथाको यथार्थ कथा उठान गरेको चलचित्रले यो बीचमा देश तथा विदेशमा सम्पन्न विभिन्न ख्यातीप्राप्त अवार्ड तथा चलचित्र महोत्सवहरूमा उत्कृष्ट चुनिँदै आफ्नो अब्बलता प्रस्तुत गरिसकेको छ । नेपाल सरकारबाट विशेष चलचित्रको अवार्ड प्राप्त गरेको 'बुलाकी'मा सुरक्षा पन्त, नरेन खड्का, बिराज विष्ट, सरस्वती खत्री लगायतको अभिनय छ । लक्ष्मण सुनार फिल्मका निर्देशक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताको होटलमा आगलागी, १४ जनाको मृत्यु, १३ घाइते
-
उपाधि होडबाट बाहिरिएको र प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत दुई ‘किङ्स’ आपसमा भिड्दै
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
धादिङमा कुटपिट गरेर पुरुषको हत्या गरेको आरोपमा एकजना पक्राउ
-
चैते धानले हरियाली देखिएको फाँट, तस्बिरहरू
-
आगामी बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सचेतक पाण्डे