महिला एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का भिड्ने

काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेटको उपाधिका आज लागि आयोजक श्रीलङ्का र भारत भिड्ने भएका छन् ।
दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलङ्काले भारतसँगको फाइनल भेट पक्का गरेको थियो ।
भारत र श्रीलङ्काको फाइनल भिडन्त डम्बुला मैदानमा आइतबार दिउँसो ३ः१५ बजे सुरु हुँदै छ ।
भारत महिला एसिया कपको फाइनलमा नवौँ पटक पुगेको हो । पहिलो सेमिफाइनलमा बङ्गलादेशलाई १० विकटले पराजित गर्दै भारत फाइनल पुगेको हो ।
प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलङ्काले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।
दुई समूहमा विभाजन गरिएका आठ टिममध्ये समूह ‘ए’को भारत र ‘बी’को श्रीलङ्काले फाइनल खेल्न लागेका हुन् ।
आयोजक श्रीलङ्का घरेलु मैदानको फाइदा उठाउँदै उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ । भारत उपाधि यात्रालाई निरन्तरता दिने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई फेरि दिन थाल्यो अमेरिकाले हतियार
-
रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरुप अमेरिकी टोली मस्को जाने
-
शनि बन्यो सबैभन्दा धेरै उपग्रह भएको ग्रह, भेटिए थप १२८ उपग्रह
-
वसन्तपुरमा विदेशी पर्यटकको होली, तस्बिरमा हेर्नुहोस्
-
१० देशबाट भित्रियो ४० करोड बराबरको रङ
-
फागु पर्व आपसी सद्भाव र मेलमिलापको प्रतीक : प्रदेश प्रमुख देवकोटा