पहिरोका कारण हेटौँडा–काठमाडौँ जोड्ने २ सडक बन्द
मकवानपुर । हेटौँडा काठमाडौँ जोड्ने २ सडक पहिरोका कारण अवरुद्ध भएका छन् । पहिरोका कारण कान्ति लोकपथ र भैँसे भिमफेदी काठमाडौँ सडक अवरुद्ध भएका हुन् ।
अविरल वर्षाका कारण कान्ति लोकपथ सडक खण्डको ६ स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति १२ः४५ बजेको समयमा भिमफेदी ८ कालो पहिरो, बकैया–१२ माने घुम्ती, ठिंगन बजार, चौताराभिर, बकैया–११ आले गाँउ, खोरभन्ज्याङ स्थित सडकमा माथिबाट पहिरो खस्दा बाटो पूर्णरुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको र बाटो सञ्चालनमा ल्याउन ३ घण्टा समय लाग्ने प्रहरीको भनाइ छ ।
त्यस्तै पहिरोका कारण भैँसे भिमफेदी काठमाडौँ सडक खण्ड अवरुद्ध भएको छ । गए राति ११ः५० बजेको समयमा भिमफेदीऔ४ रातोमाटेमा माथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरोध भएको छ । उक्त पहिरो पन्छाउन केही घण्टा समय लाग्ने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनै तहका सरकारबिच सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की
-
सीबीआईएलको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त
-
१० बजे १० समाचार : प्रधानमन्त्रीको चीन भ्रमणमा जम्बो टोलीदेखि रवि लामिछाने ४१ दिनपछि काठमाडौँमासम्म
-
झापामा उत्पादित इँटा पहिलोपटक भारत निर्यात
-
नाष्टको ४८औँ प्राज्ञसभा : १२ विधामा पुरस्कृत गरिने
-
रसुवामा आगलागी हुँदा तीन घर जलेर नष्ट