१५ वर्ष शिक्षण पेसा, १७ वर्ष कतारमा सेक्युरिटी गार्ड !
काठमाडौँ । छोराछोरीको सुखद भविष्य आम आमा बुबाको परिकल्पना हुन्छ । जन्मिएदेखि नमरुन्जेलसम्म छोराछोरीले केही पनि दुःख नपाउन भन्ने चाहना हुन्छ । छोराछोरीको सुखद भविष्यकै लागि आमा बुबा अहोरात्र खटिएर काम गर्छन् । न घामको प्रवाह हुन्छ, न त पानीकाे । केवल उनीहरूको मन-मस्तिष्कमा एउटै कुराले पिरोलेको हुन्छ, मैले केही गरिन भने छोराछोरीको भविष्य के होला ?
त्यसका लागि आमाबुबाको जति त्याग संसारमै कसैले गर्न सक्दैन । गोरखाका ५५ वर्षीय ध्रुवमान बस्न्यातको एउटै चाहना थियो,– बच्चाहरूलाई पढ्नका लागि युरोप पठाउने । कमजोर आर्थिक अवस्थाका कारण चाहना पुरा गर्न सजिलो थिएन । त्यसका लागि छोराछोरीलाई युरोप पठाउनुभन्दा पहिला आफू जाने योजना बनाए ।
नेपालमा उनी बेरोजगार भने थिएनन् । तरपनि त्यो कमाइले छोराछोरीलाई युरोप पठाउन नपुग्ने भएपछि उनी विदेशतिर हानिए । सन् २००२ मा अमेरिका जाने भनेर उनले एक जना एजेन्टलाई साढे ६ लाख रुपैयाँ बुझाए । तर, उनी जान सकेनन् । र एजेन्टले सबै पैसा खाइदियो । त्यो बेला उक्त पैसाले काठमाडौँमा नै राम्रो घरेडी आउँथ्यो ।
‘अमेरिका जान भनेर ऋण खोजेर पैसा दिएको थिए । दिल्ली बस्दाबस्दै दिल्लीबाटै एजेन्टले फसायो, जान सकिएन । त्यतिखेर काठमाडौँको राम्रो ठाउँमा घडेरी किन्न हुन्थ्यो । त्यो लगानी डुबेपछि मलाई ब्याज तिर्न मुस्किल पर्यो,’ उनले भने ।
एकातिर ब्याज तिर्नुपर्ने, अर्कोतिर छोराछोरी पढाउनुपर्ने । ऋण र खर्चको बोझ उनलाई दिनप्रतिदिन भारी हुँदै गयो । गोरखकाली प्राविमा उनी अध्यापन गराउँथे । जहाँ उनले ९ वर्ष पढाए ।
त्यसपछि उनले गोरखा बहुमुखी क्याम्पसमा ६ वर्ष काम गरे । जहाँ उनले वरिष्ठ सहायकको रूपमा काम गरे । अमेरिका जान भनेर उनले क्याम्पसमा काम छाडे । दिल्ली जाँदा उनले क्याम्पसको जागिर पनि छोड्नुपर्यो ।
एकातिर खाइरहेको जागिर छुट्यो, अर्कोतिर एजेन्टले डुबायो । त्यसपछि उनी डेढ वर्ष घरकै कम्पाउण्डबाट बाहिर समेत निस्किएनन् । डिप्रेसनमा जस्तै भएर भित्रै बसिरहे ।
लामो समय घरभित्रै बस्दा पागल भए जस्तो लाग्यो । र त्यसरी घरभित्रै बसेर हुँदैन केही गर्नुपर्छ भन्ने लागेर कुनै अर्को देश जाने सोच बनाए ।
‘बच्चाहरूको भविष्यका लागि यसरी भित्रै बस्नु हुँदैन भनेर म बाहिर निस्के । र कतार जाने निर्णय गरे ’, उनले भने ।
नेपालमा रहँदा शिक्षण पेसा गरिरहेका उनलाई विदेश जान सजिलो भने थिएन । तरपनि उनी आफ्नो इच्छा आकाङ्क्षा तथा चाहनालाई मारेर छोराछोरीको भविष्यका लागि जे पनि गर्न तयार भए ।
छोराछोरीको भविष्य बनाउने होडमा उनले १७ वर्ष कतारमा बिताए । त्यो पनि सेक्युरिटी गार्ड । कतारको ग्रुप फोर्स सेक्युरिटीमार्फत कतारमा सेक्युरिटी गर्न थाले । पहिलो पटक ३८ महिना बसेर मात्रै नेपाल आए ।
उनले रात दिन अहोरात्र खटिएर काम गर्थे । आफ्नो खान र बस्नका लागि खर्च कटाएर सबै पैसा घर पठाउँथे । १७ वर्षसम्म कमाएको पैसा बच्चाहरूको पढाई र ऋण तिर्नमै सकियो । त्यसपछि उनलाई अब कतार धेरै बस्नु हुँदैन भन्ने लागेर नेपाल फर्किए ।
‘त्यो बेला धेरै लोन थियो । लोन तिर्न पर्याप्त पैसा नभएपछि घर आउन पनि सकिन । जोसँग लोन लिएको थिए, तिनै व्यक्तिलाई नै सोधेर ३८ महिनापछि मात्रै नेपाल आए,’ उनले भने, ‘विदेश जानका लागि कोहीसँग ३६ प्रतिशत, कोहीसँग ३८ प्रतिशत ब्याजमा ऋण लिएको थिए । त्यो बेला मलाई साढे ६ लाख पहिलाकै ऋण थियो । कतार जान थप एक लाख ३५ हजार ऋण थपियो ।’
पहिलो पटक जाँदा उनले निकालेको ऋण समेत तिर्न नसक्ने अवस्थामा पुगे । त्यसपछि उनी पुनः कतार नै गए । र २-२ वर्षमा नेपाल आए ।
उनले रात दिन अहोरात्र खटिएर काम गर्थे । आफ्नो खान र बस्नका लागि खर्च कटाएर सबै पैसा घर पठाउँथे । १७ वर्षसम्म कमाएको पैसा बच्चाहरूको पढाई र ऋण तिर्नमै सकियो । त्यसपछि उनलाई अब कतार धेरै बस्नु हुँदैन भन्ने लागेर नेपाल फर्किए ।
लामो समय शिक्षण पेसामा आबद्ध उनलाई विदेश जानु सजिलो थिएन । त्यो पनि सेक्युरिटी गार्ड । उनका लागि आफ्नो कर्तव्यनिष्ठ स्वभावले सजिलो बनाइदियो । नेपालमा हुँदा जसरी विद्यार्थीहरूको भविष्यप्रति संयमित थिए । विदेश जाँदा पनि त्यसरी नै लगनशील बने ।
सेक्युरिटीमा जाँदा उनले नेपालमा न तालिम लिएका थिए, न त पढेका थिए । तर, विदेश पठाउने मेनपावरले तालिम लिएको भन्दै नक्कली सर्टिफिकेट थमाइदियो । जसको बर्खिलापमा उनी थिए, अन्तिममा त्यही उनको हातमा परेपछि बाध्यताका अगाडि उनको अडान पनि झुक्यो । सर्टिफिकेट दिँदा नै ‘तालिम लिएको छुँ भन्नुपर्छ नत्र कतार जान पाउँदैनस्’ भनेपछि ढाँट्न विवश भए । पढेको मान्छे भए पनि उनी सर्टिफिकेट किन्न बाध्य भए ।
कतार गएपछि सात दिनको तालिम दिइयो । सुरुदेखि नै उनी आफ्नो कामप्रति इमानदार थिए । त्यो उनले शिक्षण पेसाबाट सिकेका थिए । विदेशको सेक्युरिटी गार्ड उनको आत्मबल बलियो बनायो ।
‘जिम्मेवारी लिएपछि मलाई कामप्रति जिम्मेवार बनायो । कतारकै जिम्मेवारी लिएको छु जस्तो हुन्थ्यो । सम्पूर्ण जिम्मेवारी लिन सुरुमा डर लाग्यो । बिस्तारै काम गर्दै जाँदा सहज भयो,’ उनले भने ।
ऋण र बच्चाहरूका कारण १७ वर्ष नेपाल फर्किन सकेनन् :
अध्ययनशील स्वभावका उनलाई खाडी फिटिक्कै मन परेको थिएन । तर, बाध्यताका अगाडि उनको मनले घुँडा टेकेको थियो । खाडीमा आफ्नो पसिना बगाउँदा उनी खुसी भने हुन सकेका थिएनन् ।
कतार बसेर नै उनले तीन छोरा छोरीलाई पढाए । उनका दुई छोरा एक छोरी छन् । जेठो छोराले ओभरसियरपछि सिभिल इन्जिनियरिङ पढ्ने भन्यो । त्यसपछि घर सल्लाह गरेर पढ्न दिइयो । कान्छो छोराले हेल्थ असिस्टेन्ट (एचए) पढ्यो । डाक्टर पढ्छु भनेको थियो । त्यत्रो लगानी गर्न सक्ने अवस्था नभएपछि पढ्न पाएनन । छोरीले पनि नर्सिङ पढिन् ।
‘मलाई अरूको अनावश्यक नियन्त्रण मन पर्दैन । कतारमा एकदमै नियन्त्रणमा थिए । मैले जति दुःख पाएपनि मेरा बच्चाहरूले दुःख नपाउनु भन्ने थियो,’ उनले भने, ‘परदेशमा भोगेको पीडापछि छोराछोरी परदेशीन नपरोस् भन्ने थियो । मैले दुःख गरेपछि म पछिको पुस्ता सुध्रियोस् भन्ने थियो । त्यसैले लामो समय विदेश बस्न विवश भए ।’
कतार बसेर नै उनले तीन छोरा छोरीलाई पढाए । उनका दुई छोरा एक छोरी छन् । जेठो छोराले ओभरसियरपछि सिभिल इन्जिनियरिङ पढ्ने भन्यो । त्यसपछि घर सल्लाह गरेर पढ्न दिइयो । कान्छो छोराले हेल्थ असिस्टेन्ट (एचए) पढ्यो । डाक्टर पढ्छु भनेको थियो । त्यत्रो लगानी गर्न सक्ने अवस्था नभएपछि पढ्न पाएनन । छोरीले पनि नर्सिङ पढिन् ।
अहिले सबै छोराछोरी पनि विदेशमै छन् । आफ्नो जीवन छोराछोरीको भविष्यका लागि बिदेसिएका थिए । तर, अहिले आएर त्यही छोराछोरी समेत बिदेसिए ।
छोराछोरी आ–आफ्नो रोजगारीमा लागे । १७ वर्ष म कतारमा काम गरेर आएपछि तिनै बच्चा पढाई सकेर जागिर लागेका थिए । तिनै छोराछोरीको बिहे पनि भइसक्यो ।
बिहे गरेपछि दुवै जना छोराहरू बुहारीसहित बिदेसिए । छोरा बुहारीहरू बिदेसिएपछि उनलाई एकदमै नरमाइलो लाग्यो । जुन कुरा नहोस् भन्ने सोचेका थिए, अन्तिममा त्यही भयो । आफ्नो जीवन पनि खाडीमा बिताए । अहिले छोराछोरी पनि बिदेसिए ।
‘आफूलाई अभागी जस्तो लाग्यो मैले धेरै सेक्रिफाई गरेको थिए । छोरा इन्जिनियर थियो । उ बसिरहेको भए, धेरै कुरा गुथ्यो । तर, हिँड्यो । अब जति कमाएर नेपाल आएपछि त्यसलाई व्यवस्थापन गर्न निकै गाह्रो हुन्छ । यो भन्दा बढी खर्च त नेपालमा व्यवस्थापन गर्न लाग्छ,’ उनले भने ।
विदेशबाट फर्किएपछि नेपालमा समाजसँग समायोजन हुन निकै गाह्रो हुन्छ । उनलाई अहिले आफू समाजसँग पछि परे जस्तो महसुस भइरहेको छ । अब छोराछोरीले पनि त्यही नियति भोग्ने भए भन्नेमा उनलाई साह्रै चिन्ता लागिरहेको छ ।
‘हाम्रा छोराछोरीहरूलाई किन देशमै बस्ने वातावरण बनाएनौँ ? जीवनभर विदेशमा दुःख गरेर तिनै छोराछोरीको भविष्य बनाउनतिर लागियो ।,’ उनले भने, ‘अहिले अब हामीलाई उनीहरूको सहारा चाहिएको छ । तर, उनीहरू पनि आफ्नो भविष्य बनाउने भनेर विदेशतिर लागे । जुन कुरा मैले सोचेको थिएन, आखिर त्यही भयो ।’
१७ वर्षका अवधिमा उनले डेढ करोड जति कमाए । भूकम्पले घर ध्वस्त भएको थियो, त्यो बनाए । दुई छोराछोरीको पढाइदेखि बिहीबारेसम्म विदेशकै कमाइ खर्च भयो । एकपछि अर्को समस्या आई रह्यो । उनको नेपाल फर्किने मिति सर्दै गयो ।
पहिलो तबल ९३० रुपैयाँ :
उनले २०४६ सालमा शिक्षण पेसामा आबद्ध भएका थिए । उनले सुरुको महिनाको तलब ९३० रुपैयाँ थियो । चार महिनाको तलब एकै पटक आउँथ्यो । चौमासिक रूपमा तलब आएपछि उनले खेत किनेका थिए ।
२०५९ सालमा कलेजमा काम गर्न थालेका थिए । त्यो बेलाको अन्तिम तलब सात हजार ५०० थियो । त्यो भनेको तेस्रो तहको अफिसरको जस्तै थियो । समयक्रम अनुसार इच्छा आकाङ्क्षा बढ्दै गयो । मान्छेमा देखासिकी धेरै भयो । र उनलाई पनि शिक्षण पेसा छाडेर बिदेसिने रहर जाग्यो ।
त्यो बेला चार महिनाको तलब तीन हजार ६०० रुपैयाँ आएको थियो । बुबा सानैमा बितेकाले उनले आमालाई त्यो पैसाले के गर्ने भनेर सोध ।
‘यति पैसा आयो के गर्ने आमा भनेर सोधे । आमाले खेत किन्ने भन्नुभयो । त्यो बेला ३६०० मा खेत किन्न त सकिदैन थियो, तर, उजिन्ने (पैसा दिएर त्यो खेत ओगट्ने) चाही भनेको थिए ।’ उनले भने ।
२०५९ सालमा कलेजमा काम गर्न थालेका थिए । त्यो बेलाको अन्तिम तलब सात हजार ५०० थियो । त्यो भनेको तेस्रो तहको अफिसरको जस्तै थियो । समयक्रम अनुसार इच्छा आकाङ्क्षा बढ्दै गयो । मान्छेमा देखासिकी धेरै भयो । र उनलाई पनि शिक्षण पेसा छाडेर बिदेसिने रहर जाग्यो ।
मान्छेका इच्छा आकाङ्क्षाहरू धेरै हुन्छन् । ती कहिल्यै पनि पुरा हुँदैनन् । विदेशमा जति दुःख गरिन्छ, त्यति दुःख नेपालमा गर्ने हो भने धेरै गर्न सकिने उनको बुझाई छ ।
‘हामी जति दुःख विदेशमा गर्छौ, त्यति दुःख नेपालमा किन गर्न सक्दैनौँ ? विदेशमा यति धेरै काम गर्नुपर्छ, त्यसमा दुःख अति नै हुन्छ । तर, हामी नेपालमा पैसा मात्रै कमाएको देख्छौँ,’ उनले भने ।
विदेशमा भोगेको पीडा :
कतारमा रहँदा उनले भोगेका पीडाको पहाड नै छन् । यद्यपि घर परिवारको जिम्मेवारीको पहाडका अगाडि त्यो पीडाको पहाड केहि थिएन । १७ वर्षे परदेशको बसाइमा थुप्रै यादगार क्षणहरू बने । ती मध्ये कतिपय क्षणहरू उनको आँखा अगाडि अझै पनि झलझली आउँछन् ।
एउटा कम्पनीले कामदार माग गरेको थियो । उनले काम गरिरहेको भन्दा ५०० रियाल बढी पैसा पाइनेगरी खोलिएको विज्ञापनमा उनले पनि आवेदन दिए ।
अन्तर्वार्तामा उनी पास भए । पास भएपछि एकदमै खुसी भए । काम चाही एउटा हाइड्रोपावर त्यहाँ गएर सेक्युरिटी गार्डको काम गर्नुपर्छ भनेको थियो ।
अनि त्यो कम्पनीको बोस पाकिस्तानी थियो । उनीसँगै एक अर्को नेपाली पनि छनोट भएका थिए । दुवै जनालाई गाडीमा हालेर लग्यो ।
बाटोमा दुईवटा बिरियानी किनेर लगिदिएको थियो । जाँदै गर्दा घरहरू सकियो, पुरै मरुभूमि मात्रै थियो । एकदमै गर्मी । उनीहरूलाई त्यही मरुभूमि नजिकै रोक्यो । र भन्यो काम यही गर्ने हो ।
तिमीहरू यही हो बस्ने, सबै मान्छे काम गर्न आउँछन्, गर्मी भयो भने गाडिभित्र गएर बस्नु भनेर भनेको थियो । दिनैभरी बसे । कोही पनि आएन ।
पानी पनि थिएन । त्यो दिन उनीहरूमा १६ घण्टा बसे । काम त केही पनि गरेनन् । तर, तापक्रम लगभग ५० डिग्री थियो । दिनभर पानी समेत खान नपाएर १६ घण्टासम्म बसे । त्यसपछि त उनी बिरामी भए ।
‘मलाई प्रेसर केही थिएन । त्यसपछि हाई प्रेसर भएछ । हस्पिटलमा चेकअपको लागि गएको थिए । त्यही बेलादेखि अहिलेसम्म पनि औषधि खानुपरेको छ,’ उनले त्यो बेलाको पीडा सुनाए ।
त्यस्तै अर्को घटना पनि उनको दिमागमा झलझली आउँछ । उनी सेक्युरिटी गार्डको इन्चार्ज थिए । उनको अन्डरमा २९ जना गार्डहरू काम गर्थे । कतारको लुलु हाइपर मार्केटमा उनीहरूको ड्युटी परेको थियो ।
मार्केटमा मोबाइल चोरी भयो । चोरी भएपछि इन्चार्जलाई सजाय हुन्छ । उनले त्यो विषयमा धेरै स्पष्टीकरण दिनुपर्यो । अबदेखि यस्तो हुँदैन भनेर कागज नै गरे । चोरी भएको १५ दिनपछि त्यही चोर आइपुग्यो । सुडानी रहेछ । चोर त्यही मार्केटमा देखेपछि उनीहरू घेरा हाले । त्यसपछि केरकार गर्न भाषाको समस्या भयो । चोरले अङ्ग्रेजी नबुझ्ने । उनीहरूले अरेबिक नबुझ्ने ।
त्यसपछि त्यही भएको एक जनाले इजिप्टको नागरिकले उनलाई केरकार गर्न थाल्यो ।
अरबिकले म बोल्छु तिमीहरू पछाडि जाऊँ भन्यो । उनले जान मिल्दैन, सेक्युरिटीले छाड्न मिल्दैन भने । तर, उसले मैले भनेपछि जाऊ मेरो जिम्मामा भयो भन्यो । त्यसपछि त्यो अरबिकलाई झुक्क्याएर चोर भाग्यो ।
चोर भागेपछि त्यसको दोष उनको टाउकोमा पर्यो । प्रहरीकहाँ बुझाइदिऊ कि त्यो मोबाइलको पैसा तिर्छस् भनेर उनलाई धम्क्याउन थाले । त्यसपछि उनले आफूले पैसा तिर्ने भनेर कागज गरे । त्यो फोनको त्यतिबेला ६६०० रियाल पर्थ्यो ।
उनले तिर्ने भनेर कागज गरे । ड्युटी सकेपछि उनी सिधा प्रहरी चौकी गए । प्रहरी चौकीमा गएर फोन चोरी भएको भनेर निवेदन दिए । जुन कुरा कम्पनीमा भनेनन् ।
त्यही चोरलाई प्रहरीले अन्त पनि चोरेको भनेर पक्राउ गरेर ल्याएको रहेछ । त्यसपछि ४-५ दिनपछि प्रहरीले उनलाई बोलायो ।
‘यही चोर हो ? भनेर मलाई भनेपछि म त छक्क परे । हाम्रोमा चोर्न आउँदा जुन कपडा लगाएर आएको थियो, त्यही कपडा लगाएको थियो । अनि मैले हो, यही मान्छे हो भने । चोर फेला परेपछि मैले उता पैसा नै तिर्न परेन,’ उनले भने ।
त्यसपछि उनले कम्पनीको मान्छेहरूलाई समेत चौकीमा लगे । उनको त्यो बहादुरी देखेर कम्पनीका मान्छेहरू चकित परे । नेपाली यति आँटिलो हुँदा रहेछ भनेर प्रशंसा गरे ।
त्यसपछि उनको इमानदारिताको कदर गर्दै कम्पनीलाई सम्मान गर्नुपर्ने भन्दै पत्र पठाइयो । र कम्पनीले उनलाई वेस्ट अवार्ड प्रदान गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी