शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरको खोड्कु खोलाको जलसतह सतर्कता तहभन्दा माथि

आइतबार, १३ साउन २०८१, ०६ : ३८
आइतबार, १३ साउन २०८१

काठमाडौँ । देशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । वर्षाका कारण ललितपुरको खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा आज बिहान जलसतह सतर्कता तह पार गरेको छ । 

जलसतह तह बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन  जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

त्यस्तै, काठमाडौंको बुढानीलकण्ठ, कपन, ललितपुरको लेले, गोदावरी, टिकाथली र आसपास पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा भइरहेको विभागले जनाएको छ । धोबीखोला, विष्णुमती नदी, लेले खोला, गोदावरी खोलाको जलसतह बढ्दो क्रममा रहेको र थप बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ ।

विभागले आज बिहान ४ः३० बजे गरेको मापन अनुसार पछिल्लो तीन घण्टामा लमजुङको बेसीसहर, खुदीबजार, कुन्चा, घारेढुंगा र धेरै स्थानमा भारी वर्षा मापन भएको जनाएको छ । ती क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप