बस खोज्न प्रयोग गरिएको २० केजीको चुम्बक त्रिशूलीमा हरायो

काठमाडौँ । त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स गाडी खोज्न प्रयोग गरिएको २० केजीको चुम्बक हराएको छ । खोजको क्रममा चुम्बक त्रिशूलीमा हराएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले बताए ।
भारतीय प्राविधिकहरूले बस खोज्न २० र ४० केजीको चुम्बक प्रयोग गरेका हुन् । शनिवार साँझ चितवनको भरतपुर महानगरपालिका–२९ स्थित केराबारीमा बसजस्तै आकृतिको बस्तु देखिएको तर, गोताखोर पुगेर हेर्दा बस नभएको पुष्टि भएको छ । त्रिशूलीको बिच भागमा देखिएको बस्तु बस नभएको डीआईजी केसीले जानकारी दिए । उनले भने– ‘स्थानीयले बस हुनसक्ने भनेर खबर गरेका थिए तर, त्यो पुष्टि भएन ।’
असार २८ मा काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स हालसम्म बेपत्ता छन् । दुवै बस त्रिशूलीमा खसेका थिए । बसमा सवार २५ जनाको शव भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता