पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन

कास्की । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण तथा प्रविधिसहितको दन्त उपचार सेवा सञ्चालनमा आएको छ । दन्त विभागमा अस्थायी–स्थायी रूपमा दाँतसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध रहेको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार अस्पतालले बहिरङ्ग (ओपीडी), स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, बालरोग, फिजिसियन तथा जनरल मेडिसिन सेवाका साथै इमर्जेन्सी, युएसजी र इसिजी सेवासँगै दन्त रोग उपचार सेवा सञ्चालनमा ल्याएको हो ।
दन्त विभागलाई दक्ष तथा अनुभवी एकजना बिडिएस डेन्टल सर्जन र एकजना पिसिएल डेन्टल हाइजिनिष्टको नेतृत्वमा सञ्चालन गरिएको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक सह–प्राडा दीपेन्द्रकुमार यादवले जानकारी दिए । शिक्षण अस्पताल सरकारी भएकाले दन्त सेवा शुल्क र उपचार खर्च अन्य सरकारी अस्पताल सरह भएको उनले बताए ।
दन्त चिकित्सक डा.मानुषी पौडेलले पोखरा विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत डेन्टल ओपिडी सेवा बिदाको दिनबाहेक १० देखि ५ बजेसम्म सञ्चालन हुने र यहाँ दाँतका बिरामीहरुलाई सुविधासम्पन्न ल्याबदेखि फार्मेसीसम्मका सम्पूर्ण सेवा उपलब्ध रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे