२ हजार जना केयरगिभर लैजाने भन्दै इजरायलले पत्र पठायो

काठमाडौं । इजरायलले दुई हजार जना स्वास्थ्य सहायक (केयरगिभर) लैजाने भन्दै नेपाललाई पत्राचार गरेको छ । इजरायलको पपुलेशन एण्ड इमिग्रेशन एथोरेटी (पिबा) ले नेपाललाई पत्राचार गरेर दुई जना केयरगिभर लैजाने बताएको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले इजरायलले ८०० जनाको सट्टा दुई हजार जना लैजाने भन्दै पत्र पठाएको रातोपाटीलाई जानकारी दिए । यसअघि असार ११ गते विभागले ८०० जनाका लागि आवेदन आह्वान गरेको थियो । जसमा ५०० मुख्य उम्मेदवार र ३०० जना वैकल्पिक उम्मेदवारका लागि आवेदन आह्वान भएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूतबिच साउन ७ गते भेटवार्ता भएको थियो । त्यही क्रममा ८०० को सट्टा दुई हजार जना लैजाने सहमति भएको थियो । जसमा एक हजार जना मुख्य उम्मेदवार र एक हजार जना वैकल्पिक उम्मेदवार छन् ।
सोही दिन पिबाले पत्राचार गरेर दुई जना केयरगिभर लैजाने बताएको थियो । विभागले साउन ११ गतेसम्म आवेदन आह्वान गरेको थियो । त्यसका लागि चार हजार भन्दा बढीले आवेदन दिएका छन् । जसमा एक हजार ८०० जना महिलाले आवेदन दिएका छन् । भने दुई हजार २०० जना पुरुषले फाराम भरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी महिना श्रीलङ्का जाँदैछन् मोदी ?
-
अलपत्र अन्तरिक्षयात्री ल्याउन स्पेसएक्सले पठायो अन्तरिक्षयान
-
‘स्ववियु कुनै सत्ता होइन, एउटा वैधानिक प्रतिपक्षी मञ्च हो’
-
दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक छ : मुख्यमन्त्री कार्की
-
अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा विस्तारित कर्जा सुविधाको पाँचौँ समीक्षा
-
भुटानसहित ४३ देशका नागरिकलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी