बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर विभिन्न स्थानमा ५ जनाको मृत्यु

शनिबार, १२ साउन २०८१, १७ : ०६
शनिबार, १२ साउन २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा करेन्ट लागेर ५ जनाको मृत्यु भएको छ ।

  • सल्यान, बागचौर  नगरपालिका-३ सोता बस्ने ७० वर्षीय मोहनलाल वलीको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको  छ । खोलाबाट पानी तान्नको लागि विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो । 
  • सर्लाही, धनकौल गाउँपालिका-१ धोबनिया बस्ने सुरेन्द्र महतोको छोरा १० वर्षीय बजरंगी महतोको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको टेबल फ्यानबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलङ्‍गवा सर्लाहीमा उपचारको क्रममा मृत्यु भएको हो । 
  • महोत्तरी, भंगाहा नगरपालिका-६ सग्रामपुर बस्ने १८ वर्षीय कमलेश कुमार यादवको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ । खेतमा विद्युतीय मोटरबाट पानी पठाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 
  • कञ्चनपुर, बेदकोट नगरपालिका-२ दैजी बस्ने ३० वर्षीय रवी लुहारको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 
  • कपिलवस्तु, शुद्धोधन गाउँपालिका-५ सिवलवा बस्ने ५६ वर्षीया गम्तरा अहिरको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा कलमा जोडेको विद्युतीय मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर बेहोस भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप