सत्ता गठबन्धन फेरिने बेला म देउवा निवास गएको भन्ने कुरा झुटो हो : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले एमाले–कांग्रेस सत्ता गठबन्धन बन्न लागेको बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको सन्देश लिएर कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ गएर भनेर आएका समाचारहरू भ्रामक भएको बताएका छन् ।
काभ्रेको धुलिखेलमा संसदीय मामिलाका क्षेत्रमा रिर्पोटिङ गर्ने पत्रकारहरूसँगको छलफलमा उनले सञ्चार माध्यममा भ्रामक समाचार छापिएको र पदीय र नैतिक हिसाबले पनि त्यस्तो काम गर्न नसक्ने उल्लेख गरे ।
उनले भने–‘त्यहाँ गएको पनि होइन, प्रसङ्ग पनि होइन, मेरो आफ्नो पदीय दायित्वलाई राम्रोसँग बुझेको छु । म अध्यक्षमा निर्वाचित भएदेखि नै मेरो निष्पक्षतामा सांसदबाट पनि, संसद् सचिवालयबाट पनि प्रश्न उठेको छैन । सचेत अवस्थामा मैले गर्न सक्दिन, अचेत अवस्थामा कमजोरी हुन सक्लान् । म शेरबहादुरजीको घरमा गएको पनि छैन, गएको पनि होइन । मैले भनेर हुनेवाला पनि केही थिएन ।’
गत असार १७ गते अर्थ विधेयकको बारेमा के गर्ने भन्ने सल्लाह लिन आफू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएको र त्यो बेला एमाले अध्यक्ष केपी ओली पुगेको बताए । ओलीले प्रचण्डलाई बाहिर हल्ला आएजस्तो केही नभएको र साँझ तीन चार बजे ३ पार्टीका नेताहरू बसेर छलफल गर्ने भनेको आफूले सुनेको र प्रचण्डले शेरबहादुर देउवालाई फोन गर्दा अब कुरा अघि बढिसक्यो भन्ने मात्र आफूले सुनेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित