वीर अस्पतालका सबै बेड प्रयोग गर्ने गरी योजना बनाउँछु : मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालमा भएका सबै बेडलाई आगामी वर्षदेखि प्रयोग गर्ने गरि योजना बनाउने बताएका छन् । आज वीर अस्पतालको १३५ औँ वार्षिकोत्सव समारोहमा उनले सो कुरा बताएका हुन् ।
‘वीर अस्पतालमा जति बेड छन्, आगामी वर्षदेखि सबै उपभोग गर्ने गरी नीति तथा कार्यक्रम बनाउँछौँ,’ उनले भने, ‘जति सामान छन् तिनको प्रयोग हुने स्थिति निर्माण गर्नेछौँ ।’
स्वास्थ्य सेवा प्रणालीको सुधारका लागि सबै क्षेत्रको क्षमता विकास गर्न आवश्यक देखिएको उनले बताए । स्वास्थ्यकर्मीलाई काम गर्न आवश्यक सुरक्षित वातावरण निर्माणका लागि पनि आफू निरन्तर लाग्ने उनको भनाई थियो । ‘आवश्यक दरबन्दी सिर्जना गर्नेछौँ, आवश्यक स्रोत साधन जुटाउन लाग्ने छौँ,’ उनले भने ।
मन्त्री पौडेलले सरकारी अस्पतालमा राज्यले लगानी गरेको, जनशक्ति भएको तर प्रभावकारी सेवा हुन नसकेको विषयलाई बुझेर, अप्ठ्यारा र चुनौतीहरू सामना गरेको तर्क राखे । ‘सीमित स्रोत साधन छन्,’ उनले भने, ‘तीनै सीमितताका बिचमा पनि प्रभावकारी काम गर्नुपर्छ, त्यो हामी सबैले मिलेर गर्नुपर्छ ।’
स्वास्थ्य सेवा गुणस्तरीय र प्रभावकारी बनाउन सबैलाई मन्त्री पौडेलले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव
-
जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान
-
रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट
-
मकवानपुरमा छुट्टाछुट्टै दुर्घटना, दुई जनाको मृत्यु
-
रवि/बालेनहरुको उखरमाउलोलाई राष्ट्रिय खतरा देखाउन खोजिँदैछ : घनश्याम भुसाल
-
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री