सिडिओ साप्को डायरी
हात काम्नु हृदयको दुरवस्थाको बाहिरी झल्को हुनुपर्छ । मेरो हात कामिरहेको छ । म मृत्युको भयावह उपत्यकामा छु । औँसीको रातमा जगत्का आँखा छलेर मनको ताप पोख्न एकान्त कोठामा बसेको छु म । कसैलाई कहन नमिल्ने मनको बह अहिले म आफैँसँग पोख्दै छु । मत्र्यलोकको यो दुःखी चोला कुन बेला, कहाँ र कसरी शेष हुने हो केही ठेगान छैन । म यति एक्लो छु, यति निर्धो छु, नर्कतुल्य यो संसारमा मलाई मन फुकाएर चिच्याउने हकधरी छैन ।
हुनलाई म ‘ध’ जिल्लाको सिडिओ हुँ । नयाँ नियमले भन्न नमिल्ने साँचो कुरा खुसुक्क भनूँ भने म नाम मात्रको सिडिओ हुँ । अख्तियार, प्रतिष्ठा र बोली सबै खोसेर भिजेको मुसोसरी बनाइएको छु म । सुन्दा आफैँलाई लाज लागेर आउँछ, लाटासीधा जनहरू मलाई अझै ‘सिडिओ साप्’ भनेर पुकार्छन् । यो ‘सिडिओ साप्’ले मेरो स्मृतिमा पुराना दिनकोे याद सोहोरेर ल्याउँछ । र, मेरो अनाथ हृदय झनै विचलित हुन्छ ।
जब त्यसका बाउको त्यो के जाती ‘युनिफाइड कमान्ड’ बन्यो, त्यहीँबाट मेरो सत्यानाश सुरु भो । यो अलच्छिनी कमान्डले निर्ममतासाथ ममाथि थोपरेको भयङ्कर नियति हो यो । माथि उच्चासनमा बस्नेका मथिङ्गलमा एउटा विचार फुरेछ, छरिएको फौजीबललाई एकै सूत्रमा उन्ने विचार । त्यो एकीकृत बलले आतंककारीहरूलाई धुलो चटाउने विचार । यो विचारलाई साकार रूप दिन सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीलाई एकै कमान्डको छातामुनि ल्याइयो । हो, यहीँबाट सुरु भएको हो मेरो कहिनसक्नु बर्बादीको दारुण कथा ।
युनिफाइड कमान्ड नाउँको हरणकारीको जब जायजन्म भयो, मेरो स्वत्व स्वात्तै हरण भयो । यसको स्वेच्छाचारले मेरो मरेको जुनी भयो ।
म जिल्लाको सिडिओ । हिजोसम्म जिल्लाको राजा थिएँ म ! तर के लाग्छ, हिजोको आजै म दाह्रा–नङ्ग्राविनाको गलित बाघ भएँ । भन्नलाई अझै पनि म युनिफाइड कमान्डको जिल्ला तहको माउ अधिकारी हुँ । तर, अख्तियारमा म हुँ केवल शाही मेजरका हातका झुम्राको पुतली । ऊ औँलो नचाउँछ, औँलाको तालमा म नाच्छु । ऊ औँला दोब्य्राउँछ, निहुरिएर म उसलाई नमस्कार गर्छु । ऊ सर्वशक्तिमान्, म केवल उसको बोलीविनाको सेवक । ऊ आदेशदाता, म फगत् उसको आदेशपालक ।
युनिफाइड कमान्ड नाउँको हरणकारीको जब जायजन्म भयो, मेरो स्वत्व स्वात्तै हरण भयो । यसको स्वेच्छाचारले मेरो मरेको जुनी भयो । सम्झन्छु, त्यसअघि म पनि त केही थिएँ । होँचै भए पनि सत्ताको एउटा ढिस्कोमाथि उभिएको थिएँ म । सिँगै जिल्ला मेरा पैतालामुनि थियो । शान्ति र सुरक्षा, विकास र निर्माण, ठेक्का र पट्टा, नागरिकता र राहदानी, यी सबै मेरो खटनमा थिए, मेरो वशमा थिए । म जहाँ टेक्थेँ, त्यहाँको जमिनमा हल्का कम्पन पैदा हुन्थ्यो । म जहाँ जान्थे, त्यहाँ मलाई नमस्कार गर्नेहरूको धुइरो लाग्थ्यो । आफ्नो उपस्थितिको त्यो सुखदायी प्रभाव देखेर म आफैँ छक्क पर्थें । तर, अब त्यो सब अतीतमा छुटेको रोमाञ्चक कथाजस्तो भयो । अब जे छ, मुजी मेजरको छ । म त केवल लुखुरलुखुर उसका पछिपछि हिँड्ने उसको आत्महीन छाया । उसको निस्तेज कार्बनकपी म !
अहो ! यो गन्थन लेखिरहँदा मलाई कसैले देखी पो हाल्ला कि ? अहो ! मेरो आहत हंस डरले कसरी कामिरहेछ ! हे भगवान् ! हिजोको आजै म कति निम्छरो बनाइएँ !
हुनलाई जाबो मेजर कुनै ठुलो दर्जा होइन । तर के लाग्छ, साला यो मेजर जिल्लाको राजाजस्तो छ । ङुर्र गर्दै जुन दिन यो आयो, त्यही दिन मेरा सुदिन सकिए । अहो ! यसको धाक, यसको रवाफ, यसको फूर्ति ! गमक्क फुल्दै यो पाजी म राजदरबार सेवाबाट आ’को हुँ भन्छ । मैले राजासँग फोटो खिचा’छु भन्छ । म राजासँग कुम जोडेर उभिया छु भन्छ । साला धाक पनि कति ! मान।ैँ यो छुसी राजाका कुमकुमसम्म आउने राजा हो । हेर, यस मुजीको फुइँ !
म बङ्ककरबाट भागेँ । अनि म उही डीएसपी कार्यालयको शरण परेँ । यसलाई लेखान्तर भनूँ कि क्रूर समयको क्रीडा भनूँ म ? म सिडिओको हबिगत अहिले सुकुमबासीको जस्तो भएको छ । मेरो न शिर ठाडो पारेर उभिने माटो छ, न मेरो हिँड्ने बाटो छ ।
एक दिन यसले मलाई ठाडो आदेश दियो— ‘आइन्दा ब्यारेकभित्र सुत्नुपर्छ है सिडिओ साप्, बङ्गरमा । कुनै पनि रात हमला हुन सक्छ । बाहिरभन्दा भित्र तैबिसेक सुरक्षित भइन्छ ।’ जबानहरूलाई गुन्टा बोकाएर म लुरुलुरु भित्र गएँ । दैव ! मलाई त त्यो ठाउँ चितुवाको ओढारजस्तो लाग्यो । यसो वातावरणको गन्ध सुङ्छु, त्यहाँ मेरो एक पित्को गन्ती छैन । सैनिक जवानहरूधरी मलाई हेय दृष्टिले हेर्छन् । भित्र मेजरको अहंकार मैले झनै चर्को देखेँ । भित्रको बसाइ मलाई झ्यालखानको जस्तो लाग्यो । औधि अत्यासलाग्दो । यो कैदमा सडेर मरुँ कि म भागुँ ? मैले मनमनै कुरा खेलाएँ । मेरो लडाकु तालिम छैन । मेरा हातमा हतियार खेलाउने सीप छैन । कथं हमला भइहाले मलाई के हुन्छ ? सके पहिले ज्यान जाने पालो मेरै आउला । आऽऽ खालि मर्नलाई यो पराधीन ओढारमा म यत्रो पनि सुत्दिनँ । जे त पर्ला, म आफ्नै ठाउँमा फर्किन्छु । भागेर लुक्नै परे कोही न कोही रैथानेले मलाई शरण कसो नदेला ? आज जे भए पनि म जिल्लाको हिजोको राजा हुँ नि ।
म बङ्ककरबाट भागेँ । अनि म उही डीएसपी कार्यालयको शरण परेँ । यसलाई लेखान्तर भनूँ कि क्रूर समयको क्रीडा भनूँ म ? म सिडिओको हबिगत अहिले सुकुमबासीको जस्तो भएको छ । मेरो न शिर ठाडो पारेर उभिने माटो छ, न मेरो हिँड्ने बाटो छ ।
म यता बाहिर निस्केँ, उता मेजर मुजी मसँग फायर भएछ । डीएसपीबाट चाल पाएँ । मेजरले मुस्तण्ड मुद्रामा तीतो पोखेछ, ‘मैले जोगाउन खोज्या हुँ, काल खोजेर बाहिर निस्क्यो । साला मरे मरोस्, मलाई के ?’
अहिलेको मेजर माथवर हो । यसअघि मेजर घनश्याम थियो । अहिलेको हेरी पहिलेको मेजर किञ्चित् नरम थियो । बर्दी नला’का बेला ऊ मेरा कुरा ध्यानले सुन्थ्यो । तथ्यमा आधारित तर्कउपर ऊ केही न केही गम खान्थ्यो । एक साँझको कुरा हो । थकान मेट्ने र दिल बहलाउने सुरले ऊ र म एउटा रेस्टुराँमा गयौँ । विचारवान् विद्वान्ले झैँ मदिरा पान गर्ने कलामा ऊ पारङ्गत थियो । उसले केवल जिब्रो भिजाउँदै सुस्त गतिमा मस्तीका साथ चुस्की लियो । रमरम मात लाग्दा ऊ भावुक हुँदै गयो । अनि भन्यो, ‘उमाकान्तजी ! सिन्दुर पहिरेर नुन खाएकाले भन्नु नहुने कुरा आज तपाईंलाई भनूँ–भनूँ लाग्यो । लडेर मात्र जितिने युद्ध यो हुँदै होइन । देखिसकियो । तर, बुझ्नुपर्ने ‘माथि’ले बुझेजस्तो लाग्दैन । बुझ्नुभो उमाकान्तजी ! तपाईं हाम्रा लागि यो शुभ लक्षण किमार्थ होइन ।’
‘पढ्नुपर्छ मेजरसाप्,’ विनयशील भावमा मैले भनेँ, ‘यथार्थका सबै पाटा बुझ्न सबै कोणबाट आउने विचारमा हामीले ध्यान दिनुपर्छ ।’
त्यसपछि ऊ काठमाडौँमा छाडिआएका पत्नी र पुत्रपुत्रीलाई सम्झेर बालकझैँ पिलपिल रोयो । हो, पहिलेको मेजर केही न केही कमलो दिलको थियो । तर, यो अहिलेको हुँडार ? उफ् !
यो कुरा हिजोको हो । मध्येदिन, गर्मी हपहपी थियो । मेजर माथवर र म ढकमक्क फुलेको गोलमोहरमुनि चौतारीमा बसेका थियौँ । कुरा गर्न मसँग साझा कुरा केही थिएन । त्यसैले उसका तामसी कुरा छल्न म एउटा दैनिक अखबारमा आँखा डुलाउन थालेँ । कारण के थियो कुन्नि, उसको अनुहारमा तनावको लक्षण थियो । उसले झर्केर मेरा हातबाट अखबार खोस्यो । अनि घृणा भरिएको स्वरमा भन्यो, ‘यस्तो भाँड पत्रिका पनि पढ्ने ? सारा गडबडीको मुहान यही हो साला ।’
‘पढ्नुपर्छ मेजरसाप्,’ विनयशील भावमा मैले भनेँ, ‘यथार्थका सबै पाटा बुझ्न सबै कोणबाट आउने विचारमा हामीले ध्यान दिनुपर्छ ।’
‘यो जहर हो, जहर,’ अखबार हावामा हल्लाउँदै ऊ गज्र्यो, ‘यो पढे बुद्धि भुटिन्छ । यो पढे दुनियाँ भाँडिन्छ ।’ उसको संयमको सन्तुलन डगमगायो । आवेशमा उसले अखबार ध्वाध्र्वारी च्यात्यो । अनि भुइँमा छरिएका अखबारका टुक्रामाथि बुटधारी खुट्टो बजार्यो । उसको पदीय मर्यादासँग रत्तिभर मेल नखाने त्यो उपद्रव देखेर चकित र अवाक् भएँ म ।
वातावरण अलिबेर चकमन्न भयो ।
‘राजाको सिन्दुर पहिरेर पनि यो झुत्रो अखबारप्रति तपाईंमा यत्रो मोह ? हुँ !’ क्रोधाग्निले जलेका नजरले उसले मलाई डस्यो । म तिल्मिलाएँ । हो, मैले होस् गर्नुपर्छ । यो मेजर माथवर हो । दल र प्रेसलाई यो मानव जातिको भयानक शत्रु ठान्छ । कुन्नि, यो मेरो मनको लचक दलतिर छ पो भन्ठान्दो हो कि ? मेरो शङ्कालु मन तर्कना गर्छ— यसले मलाई राजद्रोहीको महलमा पारेर रिपोट माथि ठेल्यो भने... ।
रुवाइका हिक्काहरूका बिचबाट उसले आफ्नो अकथनीय पीडा पोख्यो । सर्च टोली ‘क’ गाउँमा पुगेछ । निहत्था एक किसानलाई घिसार्दै आँगनमा निकालिएछ । किसान अताल्लिएछ ।
अहिले मेरा कानमा एक जबानको हृदय चिरिएर निस्केको रोदन गुन्जिरहेछ । ऊ प्रहरी जवान नवीन राई हो । बरा अस्ति मात्र बिजुली धरापमा परेर उसको चोला उठ्यो । एक दिन साँझपख म यहाँमाथि थिएँ । भुइँ तलामा कोही डाँको छाडेर रोएको सुनेर म तल ओर्लें । मैले देखेँ, नवीन अनुहार हत्केलाले छोपेर क्वाँ–क्वाँ रोइरहेको थियो । उसको छेउमा बसेका सबै जवान सुँकसुँकाइरहेका थिए ।
‘किन रोएको बाबु ?’ उसको कुम हल्लाउँदै मैले सोधेँ ।
रुवाइका हिक्काहरूका बिचबाट उसले आफ्नो अकथनीय पीडा पोख्यो । सर्च टोली ‘क’ गाउँमा पुगेछ । निहत्था एक किसानलाई घिसार्दै आँगनमा निकालिएछ । किसान अताल्लिएछ । ‘मेरा लालाबालाको कन्तबिजोक हुन्छ बिधाता हो, मलाई नमार’ भन्दै ऊ जीवनको भीख माग्दो छ । उसकी स्वास्नी क्याप्टेनका पाउ परेर कोकोहोलो मचाइरहेकी छ । सातो उडेका अबोध केटाकेटी आमाको जिउमा लिपिक्क टाँसिएका छन् । यत्तिकैमा क्याप्टेनले नवीनलाई भनेछ, ‘आतंककारीलाई ठोक् गोली !’ चुपचाप पालन गर्नुसिबाय फौजी आदेशको के नै पो जबाफ हुन्छ र ? उसले गोली ठोकेछ । मृतकका रगतको आहालमा उसका प्रियजनहरू अकासै चिरिने गरी रुँदै लुटपुटिएका देखेर नवीन आफैँ मूच्र्छा परेछ ।
अहिले पछुतोको पीडाले ऊ त्यसरी रोइरहेछ । अहो ! यी निर्दोष जवानहरूलाई मैले के भनेर सम्झाउने ? एक जर्किन ठर्रा मगाएर खुवाएँ । नशाले लठ्ठिएर सबैजना ढले । मैले भने छटपटाउँदै अनिदो रात बिताएँ । यो श्रापित जिन्दगीमा यस्तो त मैले कति देखँे कति !
अब एउटा अति गोप्य कुरा भन्छु म । केटाहरूलाई तयार पार्नु भनेर बाह्र घन्टाअघि मलाई मेजरको आदेश आउँछ । कहाँ, के, कसो, मलाई कहिल्यै केही थाहापत्तो हुँदैन । जब टोली रमनबाट फर्किन्छ, मुचुल्का लिएर फौजी जवान मकहाँ आउँछ । आज के’भा होला भनेर डराउँदै मुचुल्का हेर्छु । फलान्ठाउँमा दोहोरो मुठभेडमा यतिउति आतंककारी मारिए । खिन्न मनले म गम खान्छु, यो उही रेडिमेड मुचुल्का हो । तर के लाग्छ, मैले चुपचाप त्यसमा सही गर्नुपर्छ । मेजर अनुहार हो । म कथित सिडिओ अनुहारविनाको खोल हुँ । मेजरका अनुहारको दाग छोप्न उसको अनुहारमा म खोल हालिन्छु । युनिफाइड कमान्ड नागरिक प्रशासन मातहत छ भन्ने काइते सबुत बनेर त्यो खोल इतिहासका भित्तामा टाँसिन्छ ।
सचिव गम्भीर भए । तिनले भने, ‘यस्तो बेला यस्ता कुरा नगर्नुस्, उमाकान्तजी ! भन्नेहरूले उताको मतियारी गरेर यता असहयोग गरेको भने भने ?’
अचेल म भयंकर सपना देख्दै छु । सपनामा सधैँजसो पक्राउ परेको हुन्छु म । ममाथि युद्धअपराधको आरोप लागेको हुन्छ । मेरो हातमा हतकडी लगाइएको हुन्छ । म बलात् अन्तर्राष्ट्रिय फौजदारी न्यायालयतिर घिसारिँदै हुन्छु । सोच्छु, मेरा यी अनिष्ट सपना मेरो भद्रगोल विपनाका झल्का हुन् क्यार । अचेल युद्धअपराध र दण्डका खबर कतिबिधि छापिएका हुन् ? अहो ! ती मलाई नै हेरेर छापिएका हुन् कि भनी म सर्वाङ्ग काम्छु । सारा मुचुल्कामा सही मेरो छ । गर्ने–गराउने मेजर पानीमाथि ओभानो भएर सुरक्षित बस्या छ । पक्राउ परिहाले ऊ भन्ला— कमान्ड गर्ने अधिकारी म होइन, सिडिओ हो । मलाई थाहा छ, मान्छेको जात ज्याद्रो हुन्छ । उसले एक न एक दिन इतिहासका चिहानहरू खनेर सत्य कथाहरू बाहिर निकाल्छ । न्यायालयले सोध्ला— उमाकान्त काफ्लेजी ! ‘मुचुल्काको यो झूटो बेहोरा कथ्ने कल्पनाशील दिमाग यहाँकै हो ?’ भगवान् ! मेरो भोलि निको छैन ।
म रहरले मेजरका अनुहारको जाली खोल भएको किमार्थ होइन । यो मेरा दुःखको अर्को पाटो हो । एकपटक सोचेँ— बरु कुखुरा पालेर गुजारा चलाउँला । अथवा च्याउ खेती गरुँला । अथवा अरु केही इलम... ।
काठमाडौँ जाँदा गृहसचिवसँग एक्लै बसेर चिया खाने जोग पर्यो । मौकाको फाइदा उठाउँदै बिन्ती बिसाएँ, ‘सर, मलाई जागिर छाड्न मन छ, छाड्न मिल्ला ?’
सचिव गम्भीर भए । तिनले भने, ‘यस्तो बेला यस्ता कुरा नगर्नुस्, उमाकान्तजी ! भन्नेहरूले उताको मतियारी गरेर यता असहयोग गरेको भने भने ?’
सचिवको संशयले म हतप्रभ भएँ ।
यही हो मेरो दुर्गतिको कथा । आफ्नै जागिरको दुरुह चक्रव्यूहको कैदी हुँ म । म वाणीविहीन र सहाराहीन छु । साला, मेजरको हास्यास्पद छाया भएको छु म ।
अहो ! लेख्न नहुने, मनको एकान्तमा कल्पनासम्म गर्नु पनि नहुने धेरै कुरा लेखेँछु । अब म यो च्यातचुत पारेर घुप्लुक्क सुत्छु । हे भगवान् ! मेरा सपनाहरूको सङ्केत निको छैन ।
(२०६२)
(कथाभित्र परेका केही अश्लील ठानिने शब्द कथाकारकै आग्रहमा राखिएका हुन्— सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्भेस्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ प्रावधान
-
सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’
-
चार महिनामा १३ अर्ब ४० करोडको मोबाइल आयात
-
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित
-
धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी
-
इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारका विरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)