शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

वागमती सफाइ महाअभियान ५८५ औँ हप्तामा

शनिबार, १२ साउन २०८१, १५ : १४
शनिबार, १२ साउन २०८१

काठमाडौँ । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वागमती  सफाइ महाअभियान ५८५ औँ हप्तामा प्रवेश गरेको छ ।   

कोटेश्वरस्थित वाग्मती पहेँलो पुल नजिकैको वागमती नदी किनारमा सफाइ गरी नकुहिने एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइबाट आज उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागको गाडीमा राखी व्यवस्थापन गरिएको छ ।

सफाइमा स्थानीयवासीका साथ सफाइ अभियानकर्मीको सक्रियता थियो । अर्को हप्ताको सफाइ पनि कोटेश्वर महादेव मन्दिर नजिकैको पहेँलो पुल क्षेत्रमै गरिने सफाइ महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान वर्षा, जाडो, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि नरोकिई निरन्तर जारी छ । 

 वागमती सफाइ महाअभियान सुरु भएपछि यसका सहायक नदीमा पनि सफाइ सुरु गरिएको छ । काठमाडौँ उपत्यकामा चक्रपथका उत्तर र पश्चिम भागमा पनि सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिरका मुख्य नदी, सहरमा पनि सफाइ अभियान सुरु भएको छ । हाल देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप