सवारी दुर्घटना नियन्त्रणका लागि चालकहरूको रक्तचाप परीक्षण

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारी दुर्घटना नियन्त्रणका लागि चालकहरूको रक्तचाप जाँच गरेको छ ।
मन्थली नगरपालिका–१ स्थिति कार्यालय अगाडि शनिबार बिहान खिम्ति–मन्थली–सेलेघाट क्षेत्रमा चल्ने सवारी साधनका चालकहरूको स्वास्थ्य जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
रामेछाप सामुदायिक अस्पताल मन्थलीको सहयोगमा आयोजना गरिएको कार्यक्रम वाग्मती प्रदेशसभा सदस्य आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीलगायतको सहभागिता रहेको थियो ।
सो क्रममा खिम्ति–मन्थली–सेलेघाट चल्ने साना–ठुला सवारी साधनका ५० जना चालकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा १० जना चालकको रक्तचाप बढी तथा कम देखिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएका चालकलाई अस्पतालका डाक्टर केशवसिंह धामीले स्वास्थ्य सतर्कता अपनाउन आवश्यक परामर्श दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउन आवश्यक छ : राष्ट्रपति पौडेल
-
बेनी–दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्रे
-
फ्राईडे रिलिज : ‘खेल’ भर्सेज ‘भूठान’
-
सर्वोच्चको आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा हो : महासचिव पोखरेल
-
सुष्मा र विशालको ‘मकैबारी दर्याम दर्याम’ युट्युबको ट्रेन्डिङमा
-
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर