‘माओवादीमा नेतृत्वको विकल्प खोज्ने कुरा उठेको छैन’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले पार्टीभित्र नेतृत्वको विकल्प खोज्ने कुरा नउठेको स्पष्ट पारेका छन् । बाहिर यस प्रकारको बहस उठाउने प्रयास भएपनि पार्टीभित्र सबै नेतृत्वको विकल्प नभएकोमा एकमत रहेको स्पष्ट रहेको सापकोटाले जानकारी दिएका हुन् ।
केन्द्रीय कार्यालय जारी पार्टीको पदाधिकारी बैठकबारे जानकारी दिँदै प्रवक्ता सापकोटाले आजको छलफलमा उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव शक्ति बस्नेतले आफ्नो धारणा राखेका थिए । उनीहरूले वर्तमान परिस्थिति र पार्टी निर्माणको एजेन्डामा केन्द्रित भएर धारणा राखेको सापकोटाको भनाई छ ।
‘बैठकको सुरुवात गर्दै अध्यक्ष प्रचण्डले मनमा लागेका वैचारिक, राजनीतिक र सैद्धान्तिक सबै कुरा खुला रूपमा राख्नुहोस् भनेर भन्नुभयो । त्यसैले सबैले गुणात्मक ढंगले फरक र विस्तृत रूपमा कुराहरू राख्नुभएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीतिक स्थितिको प्रभाव, पार्टी निर्माण लगायत धेरै कुराहरू आएको छ’ उनले भने ।
सापकोटाका अनुसार हिजो र आजको बहसमा आगामी दिनमा संघर्षका रूपहरू कस्ता हुन्छन्, सडक र सदनलाई कसरी जोड्ने र कसरी प्रभावकारी बनाउने, जनपरिचालनको रूपहरू कस्तो हुने लगायतका विषय उठेका छन् । ‘१६ देखि २५ वर्षको जनसङ्ख्या ६१ लाख छ । त्यो जनसङ्ख्यालाई जनयुद्ध र गणतन्त्रात्मक आन्दोलनबारे कम जानकारी छ । अहिले विज्ञान प्रविधिको पनि विकास भएको छ । यसलाई मध्यनजर राखेर पार्टी निर्माणमा लाग्ने विषय उठेका छन् ।’
उनले पदाधिकारी बैठकपछि पार्टीको स्थायी समितिको बैठक बस्ने र त्यसले विस्तृत रूपमा खाका तयार पार्ने जानकारी दिए । त्यसपछि केन्द्रीय समितिले दुवै कमिटीको बहसलाई संश्लेषण गरेर नयाँ योजना तयार गर्ने उनले जानकारी दिए ।
उनले यो व्यवस्थाको बारेमा पनि बहस गर्ने बेला आएको जिकिर गरे । ‘गणतन्त्र स्थापनापछि हामीले यसबारे बहस चल्न भनेका थियौँ । अब हामीले यो प्रस्ट पार्नुपर्ने बेला आएको छ– यो सिस्टम कुन सिस्टम होरु यो कस्तो खालको गणतन्त्र हो, यो जनगणतन्त्र हो कि बुर्जुवा वा सङ्क्रमणकालीन ?’
फरक प्रसङ्गमा नेता सापकोटाले आफ्नो पार्टीले इमानदारितापूर्वक स्वाभाविक प्राकृतिक खालको वामपन्थीहरूबिच गठबन्धन गरी समग्र कम्युनिस्ट पार्टी पुनर्गठन गर्ने तयारी गरे पनि बिचमा नै धोका पाएको बताए । माओवादीले पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे समीक्षा गरिरहेको छ । शक्रबारदेखि सुरु भएको पार्टीको पदाधिकारी बैठकमा नेताहरूले यसै विषयमा केन्द्रित रहेर ब्रिफिङ गरिरहेका छन् ।
हिजो अध्यक्ष प्रचण्डसहित ६ जनाले आ–आफ्ना धारणा राखेका थिए । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिव राम कार्की, हितराज पाण्डे र चक्रपाणि खनालले धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली हाने, अवस्था गम्भीर
-
सन्दीपको हर्नियाको शल्यक्रिया गरियो
-
मन्त्री यादव र एडीबीका नेपाल प्रतिनिधिबिच छलफल
-
१० बजे १० समाचार : ‘होल्ड’ मा परे वामदेव र पासाङ, रविलाई राहत
-
भोलिदेखि ‘मेक इन नेपाल एक्स्पो’ आयोजना हुँदै
-
दुई दलीय संयन्त्रको बैठक : कांग्रेसको सरकार छाड्ने धम्कीको विषयमा के भयो छलफल ?