शहरी ऐन छिटो पारित गर्न नेपाल जग्गा तथा आवास विकास महासंघको माग

काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासंघले जग्गा तथा आवास विकास कार्यक्रम सञ्चालनका लागि कानुन बनाइ चाँडो कार्यान्वयनमा ल्याउन माग गरेको छ ।
शनिवार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेटेर महासंघले निजी क्षेत्रसँगको सहकार्यमा जग्गा तथा आवास विकास कार्यक्रम सञ्चालन गर्नेकुरा नीति तथा कार्यक्रममा पास भइसकेकाले कानुन बनाएर चाँडो कार्यान्वयनमा ल्याउन आग्रह गरेको हो । भेटबारे जानकारी दिँदै महासंघका अध्यक्ष भेषराज लोहनीले शहरी ऐन छिटो भन्दा छिटो पास गर्न माग गरेको बताए ।
उनले काठमाडौं उपत्यका विकास प्राधिकरण ल्याण्डपुलिङको काम ग्रिरहेको उल्लेख गर्दै त्यसमा निजी क्षेत्रलाई समेत सहभागी गराउन आग्रह गरेको जानकारी दिए । टुक्रे आयोजना निष्क्रिय बनाएर ठूला आयोजनाका लागि निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन पनि माग गरेको अध्यक्ष लोहनीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको पथरी शनिश्चरेमा नयाँ नेतृत्व चयन
-
वाणिज्य विभागको अनुगमन जारी, २० वटा उद्योगहरूको कारोबार रोक्का
-
आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन
-
थाइल्यान्डमा 'वान टु वान' वार्ताले ल्याउला त सम्बन्धमा सुधार ?
-
माओवादी सचिव शर्मा र चिनियाँ पार्टी स्कुलका कार्यकारी उपाध्यक्षबिच भेटवार्ता, सम्बन्ध बढाउनेबारे छलफल
-
विशेषको फैसला चित्त नबुझेपछि भ्रष्टाचारका १२ वटा मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार