ताइवानमा आँधीका कारण आठ जनाको मृत्यु

ताइपेई । ताइवानमा ‘टाइफुन गेमी’ आँधीले कम्तिमा आठ जनाको मृत्यु भएको छ । केन्द्रीय आपतकालीन सञ्चालन केन्द्र (सीइओसी) को शुक्रबार जारी सिइओसीको तथ्याङ्क अनुसार चक्रवातको कारण एक जना बेपत्ता हुनुका साथै ८६६ जना घाइते भएका छन् ।
चक्रवात ताइवान छोडी चिनमा पुगेता पनि, मध्य र दक्षिणी ताइवानमा अविरल वर्षा जारी रहने सञ्चारमाध्यम फोकस ताइवानले रिपोर्ट गरेको छ । आँधी प्रभावित क्षेत्रमा चक्रवातका कारण भएका विविध दुर्घटनामा परी मानिसहरुले ज्यान गुमाएको फोकस ताइवानले जनाएको छ ।
ज्यान गुमाउनेहरुको अहिलेसम्म पहिचान हुन नसकेको जनाउदै अनुसन्धान जारी रहेको फोकस ताइवानले रिपोर्ट गरेको छ । अझै पनि अधिकारीहरूले बेपत्ताहरुको खोजी गरिरहेका छन् । सीइओसीका अनुसार आँधीका कारण विस्थापित भएका एक हजार २ सय ३२ जनालाइ सुरक्षित राख्नका लागि २७९ वटा आपतकालीन शिविर निर्माण गरिएको छ ।
केन्द्रले ताइवानको पूर्वी र दक्षिणी भागमा अझै पनि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा