कमला ह्यारिसद्वारा राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा
शनिबार, १२ साउन २०८१, ११ : ३१

वासिङ्टन । कमला ह्यारिसले अमेरिकी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।
सोसल मिडिया प्लेटफर्म एक्समा यो घोषणा गर्दै कमला ह्यारिसले लेखेकी छन्, ‘आज मैले आधिकारिक रूपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरेँ। म हरेक भोट प्राप्त गर्न कडा मेहनत गर्नेछु। र नोभेम्बरमा, जनताको शक्तिले भरिएको हाम्रो अभियान विजयी हुनेछ ।’
पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि उनको उम्मेदवारीलाई समर्थन गरेका छन् । अधिकांश डेमोक्र्याटिक सांसद उनको पक्षमा रहेको र आगामी अगस्तमा हुने पार्टी कन्भेन्शनमा उनलाई औपचारिक रूपमा डेमोक्र्याटिक पार्टीको राष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरिने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक