बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

फ्यानको हत्या आरोप लागेका कन्नड स्टारले जेलमा घरको खाना नपाउने

शनिबार, १२ साउन २०८१, १० : ५२
शनिबार, १२ साउन २०८१

बैंगलुरु । कन्नड फिल्म स्टार दर्शन थुगुदीपाले जेलमा घरको खाना नपाउने भएका छन् । बैंगलुरुको अदालतले कन्नड फिल्म स्टारले जेलमा घरमा पकाएको खाना माग गरेको निवेदन खारेज गरेको हो ।

अदालतमा सुनुवाइका क्रममा दर्शनका वकिलले अभिनेता भएकाले आफ्नो शरीर र मांशपेशीलाई सन्तुलित राख्नका लागि स्वस्थ आहार पालना गर्नु आवश्यक रहेको तर्क गरेका थिए । अहिले कारागारमा दिइने खानेकुराबाट उचित पोषण नपाउँदा उनीहरुलाई झाडापखाला र पेटसम्बन्धी अन्य रोग लाग्ने गरेको उनको तर्क थियो ।

दर्शनले दिएको यो तर्कमा विशेष सरकारी वकिल पी प्रसन्नकुमारले आफ्नो पक्ष प्रस्तुत गर्दै दर्शनलाई कारागारमा विशेष व्यवहार गर्न नहुने बताए ।

यसपछि दर्शनका सबै तर्कहरू खारेज गर्दै बैंगलुरुको अदालतले उनलाई घरमा बनाएको खाना खानेलगायत अन्य सुविधा दिन अस्वीकार गर्दै अभिनेतालाई परपन्न अग्रहार जेलमा कुनै विशेष सुविधा नपाउने स्पष्ट पार्‍यो । उनलाई पनि जेलमा रहेका अन्य कैदीबन्दी जस्तै खाना खुवाइने छ ।

दर्शन जुन ११ तेदेखि जेलमा छन्

हाल ३३ वर्षीय फ्यान रेणुकास्वामीको हत्याको आरोपमा दर्शन जेलमा छन् । हालसम्म प्रहरी अनुसन्धानमा यस हत्याकाण्डमा मृतक ३३ वर्षीय रेणुकास्वामी अभिनेता दर्शनका फ्यान रहेको जानकारी आएको छ ।

जनवरी २०२४ मा, कन्नड अभिनेत्री पवित्रा गौडाले दर्शनको साथ आफ्नो १० औं वार्षिकोत्सव मनाइन्। दर्शनको विवाह भइसकेको हुनाले उनीहरुको सम्बन्ध विवादमा परेको थियो ।

यो खबरले रेणुकास्वामी निकै क्रोधित भए । उनले पवित्रालाई दर्शनबाट टाढा रहन आग्रह गर्दै लगातार म्यासेज गरिरहेका थिए । सुरुमा पवित्राले उनको सन्देशलाई बेवास्ता गरिन्, तर पछि रेणुकास्वामीले आपत्तिजनक सन्देश पठाउन र धम्की दिन थाले।

यसपछि पवित्राले दर्शनलाई रेणुकास्वामीको हत्या गर्न उक्साए। आफ्ना सहयोगीहरूको सहयोगमा दर्शनले रेणुकास्वामीलाई अपहरण गराए। सबैले उनलाई गोदाममा लगे । जहाँ हत्या गर्नुअघि उनलाई यातना दिइएको थियो।

प्रहरीले रेणुकास्वामीको शव जुन ९ मा फेला पारेको थियो । शव बैंगलुरुको कामाक्षीपल्या क्षेत्रको अपार्टमेन्ट नजिकै भेटिएको थियो। प्रहरीले घटनास्थल वरपरको इलाकामा छानबिन गर्दा सीसीटीभी फुटेजमा दर्शन र पवित्रालाई घटनास्थल छोडेको देखे । राति ११ बजेदेखि बिहान ३ बजेसम्म दुवैका मोबाइल नम्बर एउटै क्षेत्रमा सक्रिय थिए ।

त्यसपछि जुन ११ मा दर्शन र पवित्रा पक्राउ परेका थिए । यस मुद्दामा दर्शन र पवित्रासहित १९ जना जेलमा छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप