शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
अव्यवस्थित पार्किङले न्युरोडमा हिँड्नै समस्या (फोटोफिचर)
सम्पदा

अव्यवस्थित पार्किङले न्युरोडमा हिँड्नै समस्या (फोटोफिचर)

शनिबार, १२ साउन २०८१

काठमाडौँ । काठमाडौँको न्युरोड क्षेत्रमा काठमाडौँ महानगरपालिकाले सडक भत्काएर फुटपाथ बिस्तार गरेसँगै अव्यवस्थित पार्किङको समस्या बढ्न थालेको छ । फुटपाथ बिस्तार हुँदा मुख्य सडकको पार्किङ हटेसँगै न्युरोडका गल्लीहरूमा अव्यवस्थित पार्किङ हुन गरेको प्रशस्त देख्न सकिन्छ । 

newroad parking (1)

फुटपाथ बिस्तारका क्रममा काठमाडौँ महानगरपालिको मूल सडक छेउमा गर्दै आएका पार्किङ हटाएसँगै त्यसको चाप गल्लीहरूमा परेको छ । जस कारण आम नागरिकले आवतजावत र हिँडडुल गर्दा समस्या भोगिरहेका छन् । 

newroad parking (2)

अव्यवस्थित पार्किङका कारण न्युरोड क्षेत्र र आसपासका सांस्कृतिक धरोहर एवं सम्पदाहरू मासिने खतरामा छन् । सांस्कृतिक धरोहरहरूको सौन्दर्यता नै खोसिएको देख्न सकिन्छ । पार्किङ गरिएका सवारी साधनले सांस्कृतिक सम्पदाहरूको सौन्दर्य त खोसेको छ नै साथमा भौतिक संरचनामा असर पनि गरिरहेको छ । काठमाडौँको पुरानो समस्या व्यवस्थित पार्किङको विकल्प नखोज्ने हो भने महानगर भित्रका सांस्कृतिक धरोहरुस्थलहरु मासिने निश्चित छ । त्यसैले वैकल्पिक स्थल खोजेर पार्किङको व्यवस्था गर्न आवश्यक भइसकेको छ । 

newroad parking (3)

महानगरले फुटपाथ बिस्तार गरेसँगै स्थानीयहरूले विरोध गरेका थिए । सबै वडाका अध्यक्षहरूले फुटपाथ बिस्तारविरुद्ध विरोध जनाएका थिए भने स्थानीयहरूले पनि अध्यक्षहरूलाई साथ दिएका थिए । यता महानगरपालिकाका प्रमुख बालेन्द्र साह भने नगर प्रहरी परिचालन गरेरै फुटपाथ बिस्तारको काम सुरु गर्न थालेपछि आन्दोलन चर्किएको थियो । 

महानगरपालिका र वडा नम्बर २२ अध्यक्ष चीनकाजी श्रेष्ठबिच केही समय फुटपाथ बिस्तार गर्न रोक्ने सहमतिसँगै अहिले न्युरोड शान्त छ । तर अव्यवस्थित पार्किङको समस्या बढेको छ । —न्युज एजेन्सी नेपाल

newroad parking (4)newroad parking (5)newroad parking (6)newroad parking (7)newroad parking (8)newroad parking (10)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया