‘शाम्बाला’ भदौ २८ मा रिलिज हुने

काठमाडौँ । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ भदौ २८ गते (सेप्टेम्बर १३)मा रिलिज हुने भएको छ । शुक्रवार साँझ ललितपुरमा आयोजित एक कार्यक्रमबिच फिल्मको रिलिज मिति घोषणा गरिएको हो ।
ड्रामा, एड्भेन्चर र म्याजिक रियालिज्ममा निर्माण फिल्मको प्रदर्शन एप्पल इन्टरटेनमेन्टले गर्न लागेको हो । नेपाली र तिब्बती भाषामा रिलिज हुने यो फिल्मलाई नेपालमा अङ्ग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन गरिनेछ ।
कार्यक्रममा फिलमका निर्देशक भामले पहिलो फिल्म कालोपोथी केही हलमा मात्र रिलिज भएको जनाउँदै यो फिल्म भने देशभर रिलिज हुने जानकारी दिए ।
झन्डै १४ करोड नेरु बजेट तय रहेको यो फिल्मलाई अहिलेसम्मकै महँगो नेपाली फिल्म बताइएको छ । यो फिल्मले नेपालको चलचित्र विकास बोर्डसहित विश्वका १७ अन्तर्राष्ट्रिय संस्थाबाट फण्ड जितेको छ । फिल्म नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा उठाएको छ ।
फिल्ममा सोनम तोप्देन थिन्ले ल्हामो, तेन्जिङ डल्हा, कर्मा वाङ्ग्याल गरुङ, कर्मा शाक्य, लोटन निमलिङ्ग, जंग बहचादुर लामा लगायतका कलाकारको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै
-
लुम्बिनी प्रदेशमा महानगर बनाउने चर्चा कता हरायो ?
-
एमालेको सडक प्रदर्शन सत्ताको दुरुपयोग : नेतृ साह
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने