आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

ओलम्पिक खेल्न जसले औँला नै काटे

शनिबार, १२ साउन २०८१, ०८ : ०१
शनिबार, १२ साउन २०८१

पेरिस । ओलम्पिकमा भाग लिन अस्ट्रेलियाका एक फिल्ड हक्की खेलाडीले आफ्नो औँलाको भाग काट्ने निर्णय गरेका छन्।

दुई हप्ता अघि पर्थमा टोली प्रशिक्षणको क्रममा म्याट डसनको दाहिने हातको औँला नराम्रोसँग भाँचिएको थियो । यसलाई शल्यक्रियाबाट निको हुन महिनौँ लाग्थ्यो।

त्यसो भएपछि ३० वर्षीय खेलाडीले आफ्नो तेस्रो ओलम्पिक प्रतियोगितामा भाग लिनको लागि औँलाको भाग काट्ने निर्णय गरे । उनको यस निर्णयले आफ्ना टोली साथीहरू र प्रशिक्षकलाई समेत चकित पारे।

उनी घाइते भएको १६ दिनपछि शनिबार अर्जेन्टिनासँग खेल्ने क्रममा टोलीसँग मैदानमा उत्रनेछन् । डसनले मिडियालाई दिएको जानकारी अनुसार औँला यति नराम्रोसँग भाँचिएको थियो कि उनले चेन्जिङ रुममा आफ्नो औँला देख्ने बित्तिकै बेहोस भएका थिए । उनले सोचेका थिए कि उनको ओलम्पिक सपना समाप्त भयो।

उनले तुरुन्तै प्लास्टिक सर्जनसँग परामर्श गरे जसले औँला मर्मत गर्न शल्यक्रिया गरे पनि निको हुन लामो समय लाग्ने र यसले पूर्ण रूपमा काम गर्न नसक्ने बताए। तर यदि यो काटियो भने, उनी १० दिनमा खेल्न सक्ने सर्जनले बताएका थिए ।

आफ्नी श्रीमतीले केही ‘हतारो’ नगर्न चेतावनी दिए पनि, डसनले त्यही दिउँसो आफ्नो निर्णयबारे सर्जनलाई जानकारी दिएका थिए ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप