शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

सेयर धितो कर्जामा २० करोडको सीमा हट्नु खुसीको कुरा : शर्मा

शुक्रबार, ११ साउन २०८१, २३ : २१
शुक्रबार, ११ साउन २०८१

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले सेयर धितो कर्जामा २० करोडको सीमा हटाइएको प्रति खुसी व्यक्त गरेका छन् । शर्माले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत मौद्रिक नीतिमार्फत सरकारले सेयर धितो कर्जाको २० करोडको सीमा हटाएकोप्रति खुसी व्यक्त गरेका हुन् । 

उनले भनेका छन् : ‘जतिवेला शेयर बजार प्रभावकारी रूपमा काम गरिरहेको थियो र नेप्से ३२ सयभन्दा माथि थियो । राष्ट्र बैंकले शेयर धितोमा १२ करोडको सीमा लगाएका कारण शेयर बजार ओरालो धकेलियो त्यसको शिक्षा समेत लिई २० करोडको सीमा हटाइएको कुराप्रति खुसी व्यक्त गर्दै धन्यवाद भन्न चाहन्छु । विज्ञताको मर्म बुझे मैले ।’  

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको थियो ।  बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा २० करोडको सीमा हटाएको छ ।

Capture11

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप