नेपाल एसबीआई बैंकको सीएसआर : मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग
![नेपाल एसबीआई बैंकको सीएसआर : मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग](https://npcdn.ratopati.com/media/news/pp_oQ1iMVpBN4.png)
काठमाडौँ । नेपाल एसबीआई बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) अन्तर्गत धनगढीको एक सामुदायिक विद्यालयमा छात्राहरूलाई पोसाक उपलब्ध गराउने उद्देश्यले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ ।
बैङ्कका धनगढी शाखा प्रबन्धक, विजय महर्जनले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
यससम्बन्धी कार्यक्रम बैङ्कका सुदूरपश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भण्डारी लगायत बैङ्कका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो । बैङ्कले दिगो विकास हासिल गर्ने तथा सबैका लागि समावेशी र गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ शिक्षा क्षेत्रमा बारम्बार यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
हाल बैङ्कले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैङ्किङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै
-
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध
-
सुन्दर र दुब्ली देखिने औषधिले गायिका एभरीको भयो यस्तो हविगत
-
अचाक्ली बढ्यो खाने तेल, घिउको मूल्य, सरकारलाई थाहै छैन