बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

६१ जना चालकमाथि कारबाही

शुक्रबार, ११ साउन २०८१, २० : ४६
शुक्रबार, ११ साउन २०८१

ललितपुर । ललितपुरको इमाडोलमा शुक्रबार गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ६१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

६७ वटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ६१ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो ।

सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्नका लागी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिक चेकिङ लगायतका विशेष चेकिङहरु गर्दै आएको ट्राफिक प्रहरीले जनाएको छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप