भारत नवौँ पटक महिला एसिया कपको फाइनलमा
शुक्रबार, ११ साउन २०८१, १८ : ५३

दम्बुला । बंगलादेशलाई हराउँदै भारतीय टोली नवौँ पटक महिला एसिया कपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गरेको हो ।
बंगलादेशले प्रस्तुत गरेको ८१ रनको झिनो लक्ष्य भारतले कुनै पनि विकेट नगुमाई ११ ओभरमा पछ्यायो । भारतका लागि स्मृति मन्धानाले ३९ बलमा ५५ रन बनाइन् । शेफाली वर्माले २८ बलमा २६ रनको इनिङ खेलिन् ।
यसअघि बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८० रन बनाएको थियो । बंगलादेशका लागि निगार सुल्तानाले ३२ र शोर्ना अख्तरले अविजित १९ रन बनाएकी थिइन् ।
अन्य सात ब्याट्सम्यानले दोहोरो अंक पनि पार गर्न सकेनन् । भारतीय बलर रेणुका सिंह र स्पिनर राधा यादवले ३–३ विकेट लिए । पुजा वस्त्राकार र दिप्ती शर्माले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फागु पर्व आपसी सद्भाव र मेलमिलापको प्रतीक : प्रदेश प्रमुख देवकोटा
-
संस्कृति तथा पहिचानको संरक्षण गर्न आवश्यक छः अध्यक्ष नेपाल
-
फिल्मबाट किन हराउन थाल्यो होली गीत ?
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट बंगलादेशका प्रभावशाली अलराउन्डरको सन्न्यास
-
‘महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’
-
होलीमा रङ खेल्न कहिलेदेखि थालियो ?