काभा वुमन्स भलिबल नेसन्स लिगको ट्रफी सार्वजनिक

काठमाडौँ । नेपालले घरेलु मैदानमा आयोजना हुने काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलंकाविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ ।
नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलन आयोजनामार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै खेलतालिका पनि सार्वजनिक गरेको हो । आगामी साउन १७ गतेदेखि सुरु हुने काभा वुमन्स नेसन्स लिगमा नेपालसहित पाँच राष्ट्र श्रीलंका, इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन् । नेपालले यो प्रतियोगिताका लागि रसियासँग घरेलु मैदानमा नै दुई मैत्रीपूर्ण खेल पनि खेलेको थियो । यद्यपि, नेपालले कुनै सेट पनि जित्न सकेन ।
पत्रकार सम्मेलनमा संघले प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिएको छ ।
शुक्रबार नै काभा वुमन्स नेसन्स लिगको ट्रफी सार्वजनिक भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले ट्रफी सार्वजनिक गरेका हुन् । प्रतियोगिताका लागि संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द संयोजकत्वमा विभिन्न २१ वटा उपसमिति पनि गठन भएको छ । सात दिनसम्म चल्ने प्रतियोगितामा पहिलो दिन नेपाल र श्रीलकां तथा भारत र इरानबिच प्रतिस्पर्धा हुनेछ ।
नेपालले आफ्नो दोस्रो खेल साउन १८ गते बलियो प्रतिद्वन्द्वी भारतसँग, तेस्रो खेल साउन २० गते माल्दिभ्स र चौथो खेल साउन २१ गते इरानविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछन् । राउण्ड रोविन लिगपछि अंकतालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबिच साउन २२ गते सेमिफाइनल हुनेछन् । उपाधिका भिडन्त र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क
-
तीनकुनेको घटनामा संलग्न रहेको आरोपमा दिलबहादुर श्रेष्ठ पक्राउ
-
केन्द्रीय सम्झौतामा नपरेपछि क्लासेनको अन्तर्राष्ट्रिय खेलजीवन अन्योलमा
-
एक घण्टा ढिलो गरी प्रधानमन्त्री ओली जकनपुरमा ‘ल्यान्ड’, प्रदेशसभामा सुरक्षा व्यवस्था कडा
-
दक्षिण कोरियामा राष्ट्रपति चुनावको घोषणा
-
ट्रम्प ट्यारिफले तेलको भाउ घट्यो, पुटिनमाथि बढ्यो दबाब