जनकपुरमा जनमत पार्टीको सचिवालय बैठक सुरु

वीरगन्ज । जनकपुरमा जनमत पार्टीको सचिवालय बैठक सुरु भएको छ । आफ्नो पार्टीले नेतृत्व गरेको मधेस सरकारको कामकाज कार्यान्वयनमा देखिएका समस्याबारे निर्क्योल निकाल्न शुक्रबारदेखि सो पार्टीको सचिवालय बैठक सुरु भएको हो ।
मधेसमा पहिलोपटक नेतृत्व सम्हालेको जनमत पार्टीले सरकारमा सहभागी भएको ४८ दिनपछि समीक्षा गर्न थालेको हो । सरकारको समीक्षाका लागि सचिवालय बैठक सुरु भएको पार्टी प्रवक्ता शरद यादवले जानकारी दिए ।
उनका अनुसार जनकपुरस्थित पार्टीको केन्द्रिय कार्यालयमा सुरु सचिवालय बैठक २ दिनसम्म चल्नेछ । सचिवालय बैठकमा खासगरी ३ वटा एजेन्डामा छलफल केन्द्रित रहने प्रवक्ता यादवले बताए ।
उनका अनुसार पहिलो चरणमा प्रदेश सरकारको कामकारबाहीमा भएका उपलब्धि तथा काम गर्दा आएका कठिनाइको समाधानका विषयमा छलफल हुनेछ । मधेस प्रदेश सरकारलाई कसरी सफल बनाउने त्यो रणनीति समेत बैठकबाट तय गरिने तयारी बताइएको छ ।
बैठकको दोस्रो एजेन्डा वर्तमान राजनीतिक परिस्थिति र तेस्रो एजेन्डा पार्टीको कार्यदिशा रहेको यादवले बताए । शुक्रबार सचिवालयका १७जना पदाधिकारी तथा सदस्यहरूसँग मात्र छलफल गरिने उनले बताए । शनिवार प्रदेशका मुख्यमन्त्री, पूर्वमन्त्री तथा प्रदेश सांसदहरूसँग छलफल गरिने कार्यतालिका तय भएको यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन