सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

जनकपुरमा जनमत पार्टीको सचिवालय बैठक सुरु

शुक्रबार, ११ साउन २०८१, १७ : ३७
शुक्रबार, ११ साउन २०८१

वीरगन्ज । जनकपुरमा जनमत पार्टीको सचिवालय बैठक सुरु भएको छ । आफ्नो पार्टीले नेतृत्व गरेको मधेस सरकारको कामकाज कार्यान्वयनमा देखिएका समस्याबारे निर्क्योल निकाल्न शुक्रबारदेखि सो पार्टीको सचिवालय बैठक सुरु भएको हो । 

मधेसमा पहिलोपटक नेतृत्व सम्हालेको जनमत पार्टीले सरकारमा सहभागी भएको ४८ दिनपछि  समीक्षा गर्न थालेको हो ।  सरकारको समीक्षाका लागि सचिवालय बैठक सुरु भएको पार्टी प्रवक्ता शरद यादवले जानकारी दिए । 

उनका अनुसार जनकपुरस्थित पार्टीको केन्द्रिय कार्यालयमा सुरु सचिवालय बैठक २ दिनसम्म चल्नेछ ।  सचिवालय बैठकमा खासगरी ३ वटा एजेन्डामा छलफल केन्द्रित रहने प्रवक्ता यादवले बताए ।

उनका अनुसार पहिलो चरणमा प्रदेश सरकारको कामकारबाहीमा भएका उपलब्धि तथा काम गर्दा आएका कठिनाइको समाधानका विषयमा छलफल हुनेछ । मधेस प्रदेश सरकारलाई कसरी सफल बनाउने त्यो रणनीति समेत बैठकबाट तय गरिने तयारी बताइएको छ ।

बैठकको दोस्रो एजेन्डा वर्तमान राजनीतिक परिस्थिति र तेस्रो एजेन्डा पार्टीको कार्यदिशा रहेको  यादवले बताए ।  शुक्रबार सचिवालयका १७जना पदाधिकारी तथा सदस्यहरूसँग मात्र छलफल गरिने उनले बताए । शनिवार प्रदेशका मुख्यमन्त्री, पूर्वमन्त्री तथा प्रदेश सांसदहरूसँग छलफल गरिने कार्यतालिका तय भएको यादवले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप