आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

आफन्तको असन्तुष्टिकै बिच विमान दुर्घटनाका मृतकको शव जिम्मा (तस्बिरहरु)

शुक्रबार, ११ साउन २०८१, १७ : १४
शुक्रबार, ११ साउन २०८१

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालले आफन्तहरुको असन्तुष्टिकै बिच सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव जिम्मा लगाउन थालेको छ ।  अस्पतालका अनुसार अहिलेसम्म को–पाईलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौलाको शव आफन्तले बुझेका छन् । अन्य केही आफन्तले भने बीमा रकम सुनिश्चिततालगायतको माग गर्दै शव बुझ्न आनाकानी गरेका हुन् । 

dead-body-saurya (2)

त्रिवि शिक्षण अस्पतालले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम शुक्रबार अपराह्न सम्पन्न गरेको हो । पोस्टमार्टम सकिएसँगै सबै आफन्तले शव लैजान सक्ने अस्पतालको भनाइ छ ।  यसैबीच सौर्य एयरलाइन्सले विज्ञप्ति जारी गर्दै पीडित परिवारजनलाई कम्पनीको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाएको छ । 

dead-body-saurya (3)

विज्ञप्तिमार्फत कम्पनीले भनेको छ, ‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुनसक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाउँछौ । सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरुले निष्ठापूर्वक पुर्याउनुभएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधै जीवन्त एवम् चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौ । साथै, यस दुर्घटनामा परि बाँच्न सफल हाम्रा अनन्य मित्र क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौँ ।’

dead-body-saurya (4)dead-body-saurya (5)dead-body-saurya (6)dead-body-saurya (7)dead-body-saurya (8)dead-body-saurya (9)dead-body-saurya (10)dead-body-saurya (11)dead-body-saurya (12)dead-body-saurya (13)dead-body-saurya (14)dead-body-saurya (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप