सुशासनका लागि पत्रकारहरू विश्वसनीय ढङ्गले अघि बढ्न आवश्यक छ : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले देशमा सुशासन कायम गर्न पत्रकारहरू विश्वसनीय ढङ्गले अघि बढ्न आवश्यक रहेको बताएका छन् । शुक्रवार काभ्रेको धुलिखेलमा सङ्घीय संसद् राष्ट्रियसभाका पदाधिकारी र सञ्चारकर्मीहरूका बिच अन्तरक्रिया एवम् सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रमसमक्ष बोल्दै अध्यक्ष दाहालले पत्रकार र संसद्को सम्बन्धलाई योजनामा, कार्यक्रममा, देश र जनताको आवश्यकतामा एकाकार भएर अघि बढ्न आवश्यक रहेको उल्लेख गरे ।
उनले भने– ‘देशमा परिवर्तन भएको छ, सबैले सुशासनको कुरा गर्छन्, दुई महिनामा, तीन महिनामा हप्तै पिच्छे गठबन्धन तलमाथि भइरहेको छ । १८ महिनामा पाँच– पाँच पटक विश्वासको मत लिनु गठबन्धन तलमाथि भएर नै हो । अहिले सुशासन भनेको के हो, सबै सुशासन भन्छौ, अब पनि त्यही भन्नेवाला छौं, पत्रकारहरूले पनि सुशासनको कुरा लेख्नुहुन्छ, कर्मचारीहरूले त्यही कुरा भन्नुहुन्छ तर विभिन्न काण्डहरू आइरहेका छन् ।’
आफूले लेखेको समाचारमा आफैँमा विश्वस्त हुन सके त्यो समाचार सफल हुने बताउँदै देशले खोजेको सुशासनका लागि पत्रकारहरू लाग्नुपर्ने अवस्था रहेको बताए ।
उनले भने, ‘अहिलेको राजनीतिक परिवर्तनको निम्ति पत्रकारको भूमिका कसैले नकार्न सक्ने अवस्था छैन । सहि चिज ल्याउनका लागि पत्रकारहरूको भूमिका छ । हामीले दिएको समाचार नागरिकले कति विश्वास गरे भन्ने एकातिर हेक्का राख्नुपर्ने र स्वयं हामी समाचार बनाउनेहरूले मैले बनाएको समाचार विश्वस्त ढङ्गले बनाए मैले ? प्रभावकारिता कति होला ? आफूले छातीमा हात राखेर सोचियो भने धेरै कुरामा कायापलट हुन्छ भन्ने मलाई लाग्छ ।’
अध्यक्ष दाहालले आफूले अघिल्लो दिन बोलेका कुरा भोली मिडियामा आएपछि ए मैले राम्रो बोलेको रहेछु भन्ने थाहा हुने उल्लेख गर्दै आफूले बोलेको ठिक भयो कि भएन भनेर हेर्न पनि मिडियाको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
उनले राष्ट्रियसभाले समयमा काम सुरु गर्ने मान्यता स्थापित गरिसकेको बताउँदै आफूले अध्यक्षको भूमिका सुरु गरेयता विधेयक अघि बढाउने काम द्रुत गतिमा अघि बढिरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १०% सम्मको छुट
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप