दैलेखमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु
शुक्रबार, ११ साउन २०८१, १६ : ४४

सुर्खेत । दैलेखमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महावु गाउँपालिका–३, बाँसीका १५ वर्षीय सपना बुढा र १३ वर्षीय भावना बुढा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी दीपक मगराठीका अनुसार गोठाला गएका उनीहरू छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेका हुन् ।
दुवै जना किशोरी जनमालिका माध्यमिक विद्यालय बाँसीमा कक्षा ९ मा अध्ययनरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा विक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत