राष्ट्रपतिको उम्मेदवारमा ओबामाले गरे कमला ह्यारिसलाई समर्थन

वाशिङ्टन डीसी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवारमा उपराष्ट्रपति कमला ह्यारिसको मनोनयनलाई समर्थन गरेका छन् । वर्तमान राष्ट्रपति जो बाइडेनले गएको आइतबार एक्कासी उम्मेदवारी फिर्ता लिएयता ओबामाले ह्यारिसको मनोनयनलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने अनुमान चलिरहेको थियो ।
एउटा संयुक्त विज्ञप्तिमा ओबामा र पूर्वप्रथम महिला मिशेल ओबामाले अहिलेको गम्भीर क्षणले मागेको चिज पूरा गर्न ह्यारिससँग भिजन, चरित्र र ताकत सबै भएको बताएका छन् । बाइडेनले उम्मेदवारी त्यागेपछि ह्यारिसको समर्थनमा सयभन्दा धेरै नामी डेमोक्रेट्सले ह्यारिसको समर्थनमा बोलेका छन् ।
यो सूचीमा पछिल्लो नाम ओबामाको हो । बाइडेनले उम्मेदवारी त्यागेलगत्तै ओबामाले उनको सो कदमको प्रशंसा गरेका थिए । तर ह्यारिसलाई समर्थन भने गरेका थिएनन् । ह्यारिसले अगष्टमा हुने पार्टीको महाधिवेशनमा पार्टीको तर्फबाट औपचारिक रुपमा उमेदवार बन्न चाहिने पर्याप्त डेलिगेटहरुको समर्थन जुटाएकी छिन् । उम्मेदवारीको निर्णय भने महाधिवेशनमा मतदानबाट हुनेछ ।
ह्यारिसलाई समर्थन गर्न पाउँदा आफूहरू निकै रोमाञ्चित रहेको र उनलाई जिताउन सबै चिज गर्ने वाचा उनले गरेका छन् । ह्यारिसलाई छान्नु बाइडेनले गरेको सबैभन्दा राम्रो निर्णय भएको पनि उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक