भारतमा बन्धक बनाइएका २८ जना मजदुरको उद्धार, प्रधानमन्त्रीले दिए धन्यवाद

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भारत काश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरलाई उद्धार गरी नेपाल फर्काएर ल्याइएको छ । रोजगारीको प्रलोभनमा बेचबिखन गरी काश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूलाई सो मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको हाे ।
मजदुरहरुको उद्धारबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् । त्यसमा सिराहाका २१ जना र धनुषाका ७ जना मजदुर रहेका छन् । उनीहरूलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ ।
मानव बेचबिखन नियन्त्रण समितिले आजै सबैलाई घर–घर पठाउने छ । उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोली सक्रिय थियो । प्रधानमन्त्री अोलीले उद्धार कार्यलाई सफल बनाएकोमा मन्त्रालयका सचिव दिनेश भट्टराई सहितको टोलीलाई धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?