ओलम्पिकको उद्घाटन समारोह अघि पेरिसमा हाई–स्पिड रेलमा तोडफोड
पेरिस । जुलाई २६ को साँझमा फ्रान्सको राजधानी पेरिसमा ओलम्पिकको उद्घाटन समारोहको आयोजना हुँदै छ । उद्घाटन समारोह सुरु हुन केही घण्टा बाँकी रहँदा पेरिसमा हाई–स्पिडको रेलमा तोडफोड भएको छ । कम्पनीको रेल प्रणालीलाई चल्नै नसक्ने बनाउने षडयन्त्रमा तोडफोड गरिएको स्थानीय रेल कम्पनी एसएनसीएफले भनेको छ ।
पेरिसको पश्चिम, पूर्व र उत्तरमा रहेका उच्च गतिको टीजीभी लाइनमा कयौँ रेलमाथि तोडफोड भएको बताइएको छ । सेवा अवरुद्ध भएपछि राजधानीको पश्चिमतिर जाने गन्तव्यको रूपमा काम गर्ने मोन्टपार्नासेमा यात्रीहरूको भिड लागेको बताइएको छ । यो घटनाको यातायात मन्त्रीले आलोचना गरेका छन् । यस घटनाले मानिसहरूको छुट्टीको योजना प्रभावित हुने उनको भनाइ छ । तोडफोडका घटना पछि कयौँ रेल रद्द गरिएका छन् ।
मर्मत सम्भारका काम पूरा गर्न र सेवा सुचारु गर्न सप्ताहान्तभरि नै लाग्ने एसएनसीएफले भनेको छ । शुक्रबार साँझ पेरिसको केन्द्रमा हुन लागेको ओलम्पिक्सको उद्घाटन समारोहलाई झन्डै ३ लाख दर्शकले हेर्ने अपेक्षा गरिएको थियो । रेल सेवा प्रभावित भएपछि दर्शकको सङ्ख्या घट्न सक्ने देखिन्छ । यो घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । केही हाई–स्पिड रेललाई अन्य लाइनतिर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात