ब्वाईफ्रेन्ड शिखर पहाडियासँगकाे बिहेबारे जान्हवीले के भनिन् ?
![ब्वाईफ्रेन्ड शिखर पहाडियासँगकाे बिहेबारे जान्हवीले के भनिन् ?](https://npcdn.ratopati.com/media/news/capture_S7Wd7e5KaE.jpg)
नयाँ दिल्ली । बलिउड अभिनेत्री जान्हवी कपूर र शिखर पहाडियाको नाम जोडिएर समाचार आउन थालेको धेरै भइसकेको छ । यो जोडी प्रायः सँगै देखिन्छिन् । मन्दिर होस् वा बलिउडका पार्टीहरू दुवै एकसाथ देखिने गरेका छन् ।
जान्हवी आफ्नो प्रोफेसनल जीवनको साथ साथ निजी जीवनका कारण पनि हेडलाइनमा छाइरहन्छिन् । यसैबिच अभिनेत्रीले आफ्नो बिहेबारे दिएको प्रतिक्रियाले हेडलाइन बनाएको छ ।
हालै पिंकभिल्लाको मास्टर क्लासमा जान्हवी कपूरले बिहेबारे खुलेर कुरा गरेकी छिन् । ‘म अहिले आफ्नो जीवनमा निकै खुसी छु । बिहेको कुरा गर्ने हो भने अहिले न त मसँग समय छ न उनीसँग ।’ शिखरसँगको विवाहको बारेमा उनले भनेकी थिइन् ।
जान्हवी र शिखरबिच पहिला पनि ब्रेक अप भइसकेको थियो । तर पछि उनीहरूबिच प्याच अप भयो । जान्हवी कपूर छिटै सुधांशु सारिया निर्देशित फिल्म उलझमा देखिँदैछिन् ।
यस फिल्ममा उनको साथमा गुलशन देवैया, रोशन म्याथ्यू, आदिल हुसेन, राजेन्द्र गुप्ता, राजेश तैलाङ, मियाङ चाङ र जितेन्द्र जोशी जस्ता कलाकारहरू स्क्रिन सेयर गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल
-
मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग पर्छ : मुख्यमन्त्री आचार्य
-
३०औँ संस्करणको क्यान इन्फोटेक २०२५ सुरु, ६० प्रतिशतसम्म छुट
-
श्री ख्वपः मूल कुमारी माजुलाई गरगहना र वस्त्र चढाइयो, तस्बिहरु
-
देशभक्त, सुयोग्य र जुझारु असल नागरिक बनाउनु आजको आवश्यकता : मुख्यमन्त्री कार्की
-
यी दुई रानी : जसको सक्रियतामा खुल्यो त्रिभुवन विश्वविद्यालय