कर्णाली सरकारमा कांग्रेसको सहभागिता अझै अनिश्चित, के भन्छन् मुख्यमन्त्री ?
शुक्रबार, ११ साउन २०८१, १४ : ०३

सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिने विषयमा अझै अनिश्चित रहेको बताएका छन्। सत्ता साझेदार दल नेपाली कांग्रेस आन्तरिक छलफलमा व्यस्त रहेकोले केही ढिलाइ भएको उनले बताए ।
शुक्रवार पत्रकार भेटघाटमा क्रममा उनले भने, ‘उहाँहरूको पार्टीको कुरा मलाई थाह भएन, उहाँहरू कहाँ हुनुहुन्छ, अस्ति प्रदेशसभा बैठकमा ४ जना आउनुभयो ।’
कांग्रेसका अधिकांश सांसदहरू काठमाडौँ रहेको बताउँदै कँडेलले आफै खोज्न काठमाडौँ जानुपर्ने हो कि ? भन्दै प्रश्न गरे । आफू काठमाडौँ जाँदा सामान्य छलफल भएको बताउँदै कँडेलले एमाले–कांग्रेसको सत्ता साझेदारी नयाँ तरिकाले अघि बढाइने बताए ।
‘यसअघि माओवादीकै साथीहरू भएको खाली ठाउँ भर्ने हो कि भन्ने होला तर नयाँ स्तरबाट हुन्छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु