बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मौद्रक नीति

अघिल्लो आर्थिक वर्ष कुन क्षेत्रमा कति कर्जा लगानी ?

व्यावसायिक कृषि तथा पशुपालनमा ४८ हजार १४२ जनालाई ऋण दिइयो
शुक्रबार, ११ साउन २०८१, १३ : २६
शुक्रबार, ११ साउन २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अल्पकालीन ब्याजदरसगै बैंकिङ्ग प्रणालीका अन्य ब्याजदरहरु पनि घटेको जनाएको छ । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिको समेत समीषा गर्दै यस्तो जनाएको छ । 

 २०८० जेठमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.१८ प्रतिशत, विकास बैंकहरुको १२.४७ प्रतिशत र वित्त कम्पनीहरुको १३.५५ प्रतिशत रहेकोमा २०८१ जेठमा औसत आधार दर क्रमशः ८.१७ प्रतिशत, ९.९६ प्रतिशत र ११.४६ प्रतिशत कायम भएको बैंकले जनाएको छ । 

२०८० जेठमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.९९ प्रतिशत, विकास बैंकहरुको ९.४५ प्रतिशत र वित्त कम्पनीहरुको १०.१८ प्रतिशत रहेकोमा २०८१ जेठमा निक्षेपको भारित औसत ब्याजदर क्रमशः ६.१७ प्रतिशत, ७.०७ प्रतिशत र ८.२८ प्रतिशत कायम भएको बैंकले जनाएको छ । 

 त्यसैगरी, २०८० जेठमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.५३ प्रतिशत, विकास बैंकहरुको १४.४७ प्रतिशत र वित्त कम्पनीहरुको १५.०६ प्रतिशत रहेकोमा २०८१ जेठमा कर्जाको भारित
औसत ब्याजदर क्रमशः १०.१५ प्रतिशत, ११.६३ प्रतिशत र १२.८५ प्रतिशत कायम भएको बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । 

राष्ट्र बैंकका अनुसार २०८१ जेठ मसान्तमा वाणिज्य बैंकहरुबाट लगानीमा रहेको कुल कर्जामध्ये कृषि क्षेत्रमा १३.२ प्रतिशत अर्थात रु.५८२ अर्ब ४९ करोड, उर्जा क्षेत्रमा ७.९ प्रतिशत अर्थात रु. ३५०
अर्ब ७४ करोड र लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा ९.२ प्रतिशत अर्थात रु.४०७ अर्ब २८ करोड रहेको छ । 

त्यसैगरी, विकास बैंकहरुबाट कृषि, लघु, घरेलु तथा साना उद्यम÷व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा कुल कर्जाको २६.० प्रतिशत अर्थात रु.१२५ अर्ब ८३ करोड र वित्त कम्पनीहरुबाट २१.६ प्रतिशत अर्थात रु.१९ अर्ब ३८ करोड कर्जा लगानीमा रहेको छ ।

यस्तै वाणिज्य बैंकहरुबाट प्रवाह भएको कुल कर्जा सापटमध्ये २०८१ जेठ मसान्तमा औसत ५.७९ प्रतिशत अर्थात रु.२६३ अर्ब ७ करोड कर्जा विपन्न वर्गमा प्रवाह भएको छ । 

त्यसैगरी, विकास बैंकहरुबाट ८.१६ प्रतिशत अर्थात रु.४० अर्ब ३१ करोड र वित्त कम्पनीहरुबाट ६.७० प्रतिशत अर्थात रु.६ अर्ब ५८ करोड कर्जा विपन्न वर्गमा प्रवाह भएको बैंकले जनाएको छ । 

 सरकारबाट ब्याज अनुदान प्रदान गर्नेगरी उपलब्ध गराइएको सहुलियतपूर्ण कर्जामध्ये २०८१ जेठ मसान्तमा १ लाख २३ हजार ६ सय ५६ ऋणीलाई प्रवाह भएको रु.१३४ अर्ब ७६ करोड कर्जा लगानीमा रहेको छ ।

 उक्त कर्जामध्ये व्यावसायिक कृषि तथा पशुपालनमा ४८ हजार १४२ ऋणीलाई रु. ९२ अर्ब ६ करोड र ७३ हजार ३८५ महिला उद्यमीहरुलाई रु. ४० अर्ब ९२ करोड कर्जा लगानीमा रहेको बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप