मौद्रिक नीति
विश्व बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव पर्यो : गर्भनर अधिकारी
आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक
शुक्रबार, ११ साउन २०८१, १२ : ४१

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कोरोना महामारीका कारण भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले भारतीय बजारमा मूल्य बढ्दा नेपालमा प्रभाव परेको बताएका हुन् ।
यसबाहेक रुस युक्रेन युद्धका कारणले समेत नेपालमा मूल्यवृद्धिको कारण बनेको अधिकारीले बताए । यस्तै चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्यभित्रै रहने प्रक्षेपण राष्ट्र बैंकले गरेको उनले बताए ।
भारतमा दाल, चालम लगायतको मूल्य बढ्दा र रुसु युक्रेन युद्ध तथा खाडीमा जारी युद्धका कारण नेपालमा खाद्यान्नको मूल्य बढ्न सक्ने भने जोखिम कायमै रहेको बैंकको भनाइ छ । यद्यपि चालू वर्षमा सरकारले लिएको लक्ष्य भित्रै मुद्रास्फीति बढ्ने राष्ट्र बैंकको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुमनाले किन दिइन् रास्वपाको सह–महामन्त्री पदबाट राजीनामा ?
-
कोसेली छाला जुत्ता उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना
-
ललिता निवास प्रकरण : दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा
-
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति
-
बागमतीका मेयर थापाविरुद्धको मुद्दामा आज पनि सुनुवाइ
-
आजबाट हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने