नयाँ ऐन छिट्टै ल्याउन मन्त्री गुरुङसँग कलाकारहरुको माग
काठमाडौँ । चलचित्र कलाकारहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङसँग नयाँ ऐन छिट्टै ल्याउन माग गरेका छन् । चलचित्र क्षेत्र अहिलेसम्म चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ बाट सञ्चालित रहेको र त्यसले यो क्षेत्रको समस्या समाधान गर्न नसकेको जानकारी समेत मन्त्री गुरुङलाई गराएका थिए ।
वरिष्ठ हास्य अभिनेत्री तथा चलचित्र कलाकार कल्याणकारी कोषकी संरक्षक वसुन्धरा भुसालको नेतृत्वमा बिहीबार कलाकारहरूको एक जम्बो टोली मन्त्रालय नै पुगेर मन्त्री गुरुङसँग भेट गरेको थियो । टोलीमा चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, सचिव रामेश्वर बुर्लाकोटी, सदस्य उद्धव भट्टराईलगायत रहेका थिए ।
उक्त अवसरमा सङ्घका अध्यक्ष निरौलाले स्वदेशी चलचित्रको प्रोत्साहनका लागि विदेशी चलचित्रमा कोटा प्रणाली, ट्याक्स वृद्धि र कलाकर्मीसँग सम्बन्धित सङ्घ संस्थाका लागि अनुदान र समयसापेक्ष ऐन व्यवस्थापनका लागि माग गरेका थिए ।
भेटमा मन्त्री गुरुङले कलाकारको मागको विषयमा आफू सकारात्मक रहेको र सक्दो सहयोग गर्ने बचन दिएको अध्यक्ष निरौलाले बताए ।
‘मन्त्रीज्युले हाम्रो कुरा ध्यान दिएर सुन्नुभयो । समस्या समाधानमा पहल गर्छु भन्नुभयो’, कलाकार सङ्घका अध्यक्ष निरौलाले भने– ‘उहाँबाट हाम्रो समस्या समाधान हुनेमा ढुक्क छौँ ।’ कलाकारको मागको विषयमा मन्त्री सकारात्मक रहेको निरौलाको भनाई छ ।
त्यस्तै, बिहीबार नै चलचित्र पत्रकार सङ्घ नेपालको एक टोलीले पनि मन्त्री सुब्बासँग भेट गरेको छ । चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामीको नेतृत्वमा पुगेको टोलीमा सङ्घका उपाध्यक्ष कुबेर गिरी, सुरक्षा भट्टराई, महासचिव रघुनाथ सापकोटा, सदस्य सिपी जैसी लगायत रहेका थिए । भेटका अध्यक्ष बलामी र उपाध्यक्ष गिरीले वर्तमान समयको चलचित्र पत्रकारिताको अवस्था र समस्याको विषयमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
भारतविरुद्धको टी-ट्वेन्टी श्रृंखलामा हारबाट जोगियो इंग्ल्याण्ड
-
अमेरिकी डलर, चिनियाँ युआन, रियाल, दिनारको मूल्य बढ्यो, कसको कति ?
-
ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा
-
चिनियाँ एप डीपसीकले उथलपुथल पारेको अमेरिकी शेयर बजार आयो ट्रयाकमा
-
अमेरिकी सहयोग र अनुदान कटौतीबारे ह्वाइट हाउसले दियो प्रतिक्रिया