बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : हलमा ‘ईश्वर’ र ‘ब्ल्याक छाया’

शुक्रबार, ११ साउन २०८१, २२ : ३०
शुक्रबार, ११ साउन २०८१

काठमाडौँ । आज शुक्रवारबाट हलमा दुई नयाँ फिल्म ‘ईश्वर’ र ‘ब्ल्याक छाया’ रिलिज भएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएका यी दुवै फिल्म देशभर एकसाथ आएका हुन् ।

यद्यपि, देशभरका फिल्म हल ‘ईश्वर’ र ‘ब्ल्याक छाया’ ले मात्र पाएको छैन । किनभने बलिउडका ‘कल्की’, ‘ब्याड न्युज’ जस्ता फिल्मले गत साता देखिनै निरन्तरता पाइरहेको छ । त्यस्तै तमिल सुपरस्टार धनुष अभिनीत फिल्म ‘रायन’ पनि आजबाट थपिएको छ । तैपनि नेपाली दर्शकले नेपाली फिल्म हेर्ने विश्वासका साथ ‘ईश्वर’ र ‘ब्ल्याक छाया’ रिलिज गरिएको हो । 

‘ईश्वर’ 

फिल्म ‘ईश्वर’ अभिनेत्री अनु शाहले झन्डै ५ वर्षपछि अभिनयमा कम ब्याक गरेको फिल्म हो । फिल्मले अन्तरजातीय प्रेम सम्बन्धको आयामलाई मियो बनाएर कथा वाचन गरेको छ । फिल्मका निर्देशक राजु गिरी हुन् ।

अनुको अलवा फिल्ममा सुनिल थापा, शिशिर वाङ्गदेल, माओत्से गुरुङ, रवीन्द्र झा, बुद्धि तामाङ, पृथ्वीराज प्रसाईँ, ध्रुव थापा, कृष्टि गुरुङ, सुविन बास्तोला, युवराज गिरी लगायतको अभिनय छ । लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा हरिबहादुर थापा छन् ।

निर्देशक गिरी स्वयंको कथा र भोजराज देवकोटाको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा रामेश्वर हुँमागाईको छायाङ्कन, देव महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी तथा अर्जुन पोखरेल, राजेन्द्र बजगाईँ र बीपी वाग्लेको संगीत छ । 

‘ब्ल्याक छाया’ 

आरएल लामा मोक्तान निर्देशित फिल्म हो ‘ब्ल्याक छाया’ । नीर शाह, बुद्धि तामाङ, रवीन्द्र झा, जानवी बस्नेत, आरएल लामा, शोभित बस्नेत, सुनील थापा, धिरेन शाक्य, राजेन्द्र खड्गी, शारदा गिरी लगायतका कलाकारको अभिनय रहेको फिल्म प्रेमकथामा निर्माण भएको हो ।

फिल्मको निर्माता रेलुमाया तामाङ, मैना सुनुवार र आर सोनाम लामा हुन् । खड्ग लामा मोक्तान निर्माता रहेको फिल्मको छायाङ्कार सञ्जु थोकर हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप