ओरीले बलिउडमा डेब्यू गर्न लागेका हुन् ?
![ओरीले बलिउडमा डेब्यू गर्न लागेका हुन् ?](https://npcdn.ratopati.com/media/news/capture_3ukcRpow0o.jpg)
नयाँ दिल्ली । भारतीय सोसल मिडिया सेन्सेशन ओरी उर्फ ओरहान अवतारमणिले बलिउडमा डेब्यू गर्न लागेका छन् । ओरी प्रायः बलिउड सेलिब्रेटीहरू, स्टार किड्स र बलिउडका ठुला पार्टीमा प्रायः देखिरहन्छन् । पीभीआर इन्ओक्सले एउटा पोस्टर सार्वजनिक गरेको थियो । तर पछि सो पोस्टरलाई हटाइयो ।
त्यसपछि ओरीको बलिउड डेब्यूको चर्चा चुलिएको हो । सेलिब्रेटी पापाराजी भाइरल भयानीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एक पोस्टर पोस्ट गरेका छन् । यसमा ओरीलाई टेक्स्टको साथमा देखाइएको थियो । पोष्टरको टेक्ष्टमा ‘ओरिजिनल– ए स्टोरी लाइक नेभर बिफोर’ लेखिएको छ ।
ओरीले अहिलेसम्म कुनै फिल्म, टिभी सिरियल वा वेब सिरिजमा काम गरेका छैनन् । तर, बलिउडमा उनी कुनै सेलिब्रेटीभन्दा कम छैनन् । सोसल मिडिया स्टार र बलिउडका कयौँ स्टारका साथी ओरी प्रायः हेडलाइनमा रहिरहन्छन् ।
पीभीआर इनओक्सले एउटा पोस्टर शेयर गरेको थियो । यो पोस्टर केही बेरमै भाइरल भयो । तर केही बेरमै उसले शेयर गरेको पोस्टर हटाइएको थियो । देबोरीको यो पोस्टसँगै उनको बलिउड डेब्युको चर्चा सुरु भयो ।
पोस्टर हेरेर सामाजिक सञ्जाल प्रयोगकर्ताले के भने ?
पोस्टर देखेपछि सामाजिक सञ्जालमा नेटिजन्सले लगातार कमेन्ट गरिरहेका छन् । एक प्रयोगकर्ताले ‘ताली २’ आउन लागेको होला भनेका छन् । ताली सुस्मिता सेनको वेबसिरिज हो ।
यसमा सुस्मिताले तेस्रो लिङ्गीको भूमिका निर्वाह गरेकी थिइन् । पोस्टर डिलिट गरिएपछि प्रतिक्रिया दिँदै अर्का एक जनाले चाँहि पोस्टर न त गल्तीले शेयर गरिएको न त मेटाइएको भनेका छन् ।
यी सबै पीआर स्टन्ट भएको उनको भनाइ छ । अर्का एक जनाले चाँहि ‘यो फिल्म फ्लप/डिजस्टर हुनेछ । कृपया यसमा पैसा बर्बाद नगर्नुस् ।’ भनेर लेखेका छन् ।
के छ ओरीको आम्दानीको श्रोत ?
ओरी शीर्ष बलिउड सेलिब्रेटीहरूसँगको मित्रता र पार्टीका परिचित छ । मानिसहरूले आफूलाई विवाह र पार्टीमा बोलाउने अनि यसको लागि १५ देखि ३० लाख भारुसम्म चार्ज गर्ने ओरीले एक अन्तरवार्तामा भनेका थिए ।
ओरीले अरूसँग बसेर सेल्फी वा फोटो खिच्न दिएबापत पनि एउटै फोटोको लागि हजारौँ भारु लिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान होइन हाम्रो दिमाग संशोधन गरौँ : सुदन किराती
-
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल
-
मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग पर्छ : मुख्यमन्त्री आचार्य
-
३०औँ संस्करणको क्यान इन्फोटेक २०२५ सुरु, ६० प्रतिशतसम्म छुट
-
श्री ख्वपः मूल कुमारी माजुलाई गरगहना र वस्त्र चढाइयो, तस्बिहरु