ओलम्पिकको इतिहासमा पहिलो पटक रङ्गशाला बाहिर उद्घाटन समारोह

पेरिस । आज पेरिस ओलम्पिकको उद्घाटन समारोह हुँदै छ । स्थानीय समयअनुसार साँझ ७ः३० देखि सो कार्यक्रम सुरु हुनेछ । यो ओलम्पिकको ३४ औँ संस्करण हो । ओलम्पिकको १२९ वर्षको इतिहासमा पहिलो पटक उद्घाटन समारोह रङ्गशाला भित्र नभएर बाहिर हुन लागेको छ ।सन् १८९६ देखि सन् २०२० सम्म ओलम्पिकको उद्घाटन समारोह रङ्गशालाभित्रै भएका छन् ।
समारोह पेरिसको सेइन नदीबाट सुरु भएर ट्रोकेडारो गाइडसम्म चल्नेछ । सांस्कृतिक समारोह भने सडकमा हुनेछ । २०६ देश र सङ्घका १० हजार ५०० खेलाडीले सेइन नदीमा डुङ्गाबाट परेड गर्नेछन् । सहरको बीचमा उद्घाटन कार्यक्रम हुनेछ । परेड ६ किमी लामो हुनेछ । सो समारोहलाई ३ लाख दर्शकले हेर्ने अपेक्षा गरिएको छ ।
समारोहमा १२० भन्दा बढी देशका नेता र प्रशासनिक अधिकारीहरू सहभागी हुनेछन् । परेड सकिएपछि केही समय फ्रान्सेली संस्कृति झल्कने नृत्य तथा गायन कार्यक्रम हुनेछ । समारोह करिब २ घण्टा चल्नेछ । फ्रान्सले सन् २०२४ को ओलम्पिकको नारा ‘गेम्स वाइड ओपन’ राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति