बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ग्लोबल टी–२० : सन्दीपको भनकौभरलाई रोहितको टोली टोरन्टोले हरायो

शुक्रबार, ११ साउन २०८१, ०८ : ३१
शुक्रबार, ११ साउन २०८१

काठमाडौँ ।  ग्लोबल टी-२० खेलमा भनकौभर नाइटलाई  टोरन्टो नेसन्सले पराजित गरेको छ । नेपाली खेलाडी सन्दीप लामिछाने समावेश टोली भनकौभर नाइटलाई नेपालका कप्तान रोहित पौडेल सम्मिलित टोली टोरन्टो नेसन्सले पराजित गरेको हो । 

सन्दीपले ब्याटिङतर्फ १५ रन बनाउँदा पुरै ४ ओभर बलिङ गर्दै २९ रन खर्चिएर १ विकेट लिए पनि हारलाई टार्न सकेनन् । खेलमा नाइटका लागि सन्दीप र पउल भान मेकरनले समान १–१ विकेट लिनु बाहेक अन्य खेलाडीले विकेट लिन सकेनन्।

टस हारेर पहिले ब्याटिङ गरेको सन्दीपको टोली नाइट्सले  १९.३ ओभरमा अलआउट हुँदै १ सय १० रन बनायो। उसका लागि मुनिर अहमेद र रिजा ह्यान्ड्रिचले सर्वाधिक समान२३–२३ रन बनाए ।  ड्वानी प्रिटोरियसले १६ रन र सन्दीप लामिछानेले १५ रन बनाउँदा युवराज शर्मा १४ रनमा नटआउट रहे। सन्दीपले ९ बलमा ३ चौका प्रहार गरेका थिए। 

नेशन्सका लागि जुनाइ सिद्दकीले ४ विकेट लिँदा मुहम्मद रोहित र सादबिन जफारले समान २–२ विकेट लिए। १ सय ११ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रिएको टोरन्टो नेसन्सले १४.४ ओभरमै २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। 

नेपालका कप्तान पौडेल र सन्दीपको टोलीमा नै रहेका दीपेन्द्रसिंह ऐरी भने पहिलो खेलमा टोलीमा सहभागी हुन पाएनन्। भिसा ढिलाइका कारण उनीहरू बिहीबार राति मात्र क्यानडा प्रस्थान गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप