सौर्यको जहाज दुर्घटनामा क्याप्टेन गुरुङको अनुमान : ‘इन्जिन फेल भयो, चालक अलर्ट हुन सकेनन्’

काठमाडौँ । क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाजमा दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गरेका छन् । जसका कारण चालक दलका सदस्यहरूको माइन्ड अलर्ट हुन नसकेको पनि उनको अनुमान छ ।
कुराकानीमा उनले जहाजमा समस्या आउने बित्तिकै क्याप्टेन शाक्यको माइन्ड अलर्ट हुनुपर्ने बताए । आगो लागेको जहाज डिल गर्दा कन्ट्रोलिङमा ध्यान दिएर मात्र गर्नुपर्ने उनले अनुभव सुनाए ।
‘जहाज सी–चेकका लागि जाँदै थियो । चेकपनि ए,बी,सी लगायत हुन्छन् । यसको टाइम ड्यूरेसन फरक फरक हुन्छ । तथापि, रनवेमा जहाजको गति र लाइन ठिक देखिन्छ । विभिन्न चेकलिस्टहरु हेर्दा सन्तुष्टि हुनुपर्ने देखिन्छ । टेकअफ पोइन्टसम्म पुग्दा पनि सबै ठिक भएको अनुमान लगाउन सकिन्छ । रोल गर्ने क्रममा भि–वान स्पिडलाई कन्ट्रोल गर्न सकिन्छ । त्यो निकै क्रिटिकल र महत्त्वपूर्ण मानिन्छ, यो अन्तिम निर्णयका रुपमा पनि हेरिन्छ । त्यसपछि अवस्थामा भने इन्जिनमा केही समस्या भएको हुनुपर्छ । इन्जिन फेल भएको वा आगलागी सुरु भएको हुनुपर्छ । यस्तो अवस्थामा क्याप्टेनले दिमागलाई अलर्ट गर्न सक्नुभएन कि भन्ने लाग्छ’ उनले भने
भि–वानसम्मको अवस्थामा क्याप्टेन शाक्यको निर्णय ठिक रहेको उनले अनुमान लगाए । हरेक स्टेजमा क्याप्टेनको निर्णय ठिक देखिए पनि कन्ट्रोलमा समस्या आएको हुनसक्ने उनले बताए ।
घट्नाको यात्रु को को थिए भन्नेबारे सम्बन्धित निकायलाई जानकारी हुने भन्दै क्याप्टेन गुरुङले सबै यथार्थ क्याप्टेन शाक्यलाई थाहा हुने बताए ।
उनले भने, ‘यो घटना एउटा विकराल भयो । हिजोको घटनाको परिवेशमा क्रिटिकल सबै थाहा भएन । किनभने विगतका कयौं दुर्घटनाहरुमा हामीले बोलेका पनि छौं । तर सबै सत्य साबित नहुन सक्छन् । इन्जिनको कुरा सबै आफ्नो कन्ट्रोलमा हुँदैन । यस बारेमा क्याप्टेन शाक्य जीवित हुनुहुन्छ । उहाँले सबै कुरा बताउनुहुनेछ ।’
ज्यान गुमाएकाहरू प्रति दुःख व्यक्त गर्दै क्याप्टेन शाक्यको स्वास्थ्य लाभको कामना गरे । साथै यस्तो विषयमा आफूले धेरै बोल्न नहुने उल्लेख गरे ।
नेपाल न्यूज बैंक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली सरकार नालायक र अयोग्य छ : माधव नेपाल
-
प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न पत्राचार
-
स्वास्थ्य बिमा कार्यक्रम रोकिएकोबारे संसद्मा उठ्यो प्रश्न
-
पाथीभरा क्षेत्रमा भएको प्रहरी दमनको माओवादीद्वारा विरोध
-
अव्यवस्थित काठमाडौँलाई व्यवस्थित बनाउन समय लाग्ला, काम थाल्छौँ : उपप्रधानमन्त्री सिंह
-
१० दिनको अवधिमा कांग्रेसमा महाधिवेशन केन्द्रित चार वटा गुटगत भेला