बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
खेलकुद

विश्व खेलकुदको महाकुम्भ ‘ओलम्पिक’ आजदेखि

फ्रान्सको राजधानी सहरमा २०६ राष्ट्रका करिब ११ हजार खेलाडीको जमघट
शुक्रबार, ११ साउन २०८१, ०६ : ३५
शुक्रबार, ११ साउन २०८१

विश्व खेलकुदको महाकुम्भ हो, ओलम्पिक । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को छातामुनि आयोजना हुने यो सबैभन्दा ठुलो औपचारिक प्रतियोगिता हो । गृष्मकालीन ओलम्पिक खेलकुदको ३३औँ संस्करण शुक्रबारदेखि फ्रान्सको राजधानी सहर पेरिसमा सुरु हुँदै छ । 

प्रतियोगिता अगस्त ११ तारिखसम्म चल्नेछ । पेरिस ओलम्पिकमा दुई सय ६ राष्ट्रका १० हजार आठ सयभन्दा बढी खेलाडीको सहभागिता रहने छ । यसपटक ओलम्पिकमा ३२ खेलका तीन सय २९ स्पर्धा समावेश गरिएको छ । 

३३औँ ओलम्पिकका अधिकांश खेल पेरिस सहरमा आयोजना गरिने छ । केही खेल भने सेन्ट डेनिस, ले बोर्जेट, नान्तेरे, भर्साइल्सलगायतका छिमेकी सहरमा पनि खेलाइने छ । यसपटक ओलम्पिकमा रुस र बेलारुसको भने सहभागिता रहने छैन । 

पेरिस ओलम्पिकमा तीन सय २९ वटा स्वर्ण पदकका लागि खेलाडीबिच घम्साघम्सी हुनेछ । त्यसमध्ये सबैभन्दा बढी स्वर्ण पदक एक्वाटिक्स (पौडीलगायतका पानीको खेल) खेलका लागि छुट्टाइएको छ । एक्वाटिक्स खेलका लागि कुल ४९ वटा पदक छुट्टाइएको छ । यो सूचिमा दोस्रो स्थानमा रहेको एथलेटिक्सका लागि ४८ वटा स्वर्ण पदक छुट्टाइएको छ ।

यसपटक ओलम्पिकमा एउटा नयाँ खेल पनि समावेश गरिएको छ । ब्रेकडासिङ खेललाई पहिलो पटक पेरिस ओलम्पिकमा समावेश गरिएको हो । कराँते र बेसबललाई यसपटक ओलम्पिकमा समावेश गरिएको छैन । यसअघि टोकियो ओलम्पिकमा यी दुबै खेल समावेश गरिएको थियो । 

ओलम्पिकको उद्घाटन समारोह सेरी नदीमा हुने बताइएको छ । उद्घाटन समारोहमा हजारौँ खेलाडी र खेल पदाधिकारी डुङ्गामार्फत नदी पार गरेर एफिल टावरतर्फ बढ्नेछन् । यसअघिका संस्करणमा उद्घाटन समारोह स्टेडियममा हुने गरेको थियो । 

यसपटक ओलम्पिकको हरेक पदकमा विश्व चर्चित एफिल टावरको फलाम पनि प्रयोग गरिएको छ । स्वर्ण पदकको तौल ५२९ ग्राम, रजत पदकको तौल ५२५ ग्राम र कांस्य पदकको तौल ४५५ ग्राम रहेको छ । पेरिस ओलम्पिकको उद्घाटन समारोह पनि विशेष हुने बताइएको छ । 

यो ओलम्पिकको उद्घाटन समारोह सेरी नदीमा हुने बताइएको छ । उद्घाटन समारोहमा हजारौँ खेलाडी र खेल पदाधिकारी डुङ्गामार्फत नदी पार गरेर एफिल टावरतर्फ बढ्नेछन् । यसअघिका संस्करणमा उद्घाटन समारोह स्टेडियममा हुने गरेको थियो । 

फ्रान्सको राजधानी सहर पेरिस तीनपटक ओलम्पिक खेलकुद आयोजना गर्ने विश्वकै दोस्रो सहर बनेको छ । पेरिसमा यसअघि सन् १९०० र सन् १९२४ मा ओलम्पिक आयोजना भएको थियो । लन्डनमा भने सन् १९०८, सन् १९४८ र सन् २०१२ मा ओलम्पिक आयोजना भएको थियो ।

ओलम्पिक खेलकुदसँग पेरिस सहरको एउटा रमाइलो संयोग पनि जोडिएको छ । सन् १९०० मा पेरिसमा ओलम्पिक खेलकुद आयोजना हुँदा पहिलो पटक महिला खेलाडीले पनि सहभागिता जनाएका थिए । त्यसअघि ओलम्पिकमा महिला खेलाडीले सहभागिताको अवसर पाउँदैन थिए ।

पेरिस ओलम्पिकमा ४५ हजार स्वयंसेवक खटाइने भएको छ । स्वयंसेवकहरु पेरिस ओलम्पिकको हरेक खेलस्थलमा उपस्थित रहने छन् । पेरिस ओलम्पिकका लागि ३५ वटा खेलस्थल निर्धारण गरिएको छ । त्यसमध्ये २४ वटा खेलस्थल पेरिसस्थित ओलम्पिक भिलेजभन्दा करिब १० किलोमिटर वरपर छन् ।

यसैगरी, ओलम्पिक खेलकुदको ३३औँ संस्करण पेरिसमा आयोजना हुनुभन्दा ठिक एक सय वर्षअघि पनि पेरिसमा ओलम्पिक खेलकुद आयोजना भएको थियो । सन् १९२४ को ओलम्पिक खेलकुद पेरिसमै आयोजना भएको थियो । 

पेरिस ओलम्पिकको उद्घाटन समारोहअघि नै दुई खेल सुरु भइसकेका छन् । फुटबल र रग्बीको स्पर्धा भने जुलाई २४ तारिखमै सुरु हुनेछ । यी दुई खेलका प्रतिस्पर्धा लामो समयसम्म चल्ने भएकाले उद्घाटन समारोहअघि नै खेलाउन थालिएको हो । 

पेरिस ओलम्पिकमा ४५ हजार स्वयंसेवक खटाइने भएको छ । स्वयंसेवकहरु पेरिस ओलम्पिकको हरेक खेलस्थलमा उपस्थित रहने छन् । पेरिस ओलम्पिकका लागि ३५ वटा खेलस्थल निर्धारण गरिएको छ । त्यसमध्ये २४ वटा खेलस्थल पेरिसस्थित ओलम्पिक भिलेजभन्दा करिब १० किलोमिटर वरपर छन् ।

यसैगरी, आईओसीले अफगानिस्तानका खेलाडीलाई पेरिस ओलम्पिकमा सहभागिता जनाउने अनुमति दिए पनि तालिबानी अधिकारीहरुलाई भने औपचारिक रुपमा ओलम्पिकमा उपस्थित हुनबाट रोक लगाएको छ । 

आईओसीले ओलम्पिकमा तालिबानी झण्डाको प्रयोग गर्नबाट पनि रोक लगाएको छ । यसका अतिरिक्त पेरिस ओलम्पिकमा अफगानिस्तानीमुलका पाँचजना शरणार्थी खेलाडीले पनि सहभागिता जनाउने भएका छन् । तर, यी शरणार्थीले आईओसीको झण्डामुनि रहेर ओलम्पिक खेल्नेछन् ।

खासमा, यी शरणार्थीले अफगानिस्तानको पछिल्लो राजनीतिक अवस्थाका कारण देश छोडेका थिए । उनीहरुले आईओसी समक्ष ओलम्पिक खेल्नका लागि निवेदन गरेका थिए । त्यसपछि आईओसीले उनीहरुको आग्रत स्वीकार्दै ओलम्किप खेल्ने वातावरण बनाएको हो । 

पेरिस ओलम्पिकमा नेपाल

पेरिस ओलम्पिकमा नेपालले विभिन्न ६ खेलमा आफ्ना खेलाडी सहभागी गराउँदै छ । ३३औँ गृष्मकालीन ओलम्पिकमा नेपालका सातजना खेलाडी सहभागी हुनेछन् । त्यसमध्ये एक खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउन लागेका हुन् । बाँकी ६ खेलाडीले भने ‘वाइल्ड कार्ड’मार्फत पेरिस ओलम्पिक खेल्ने अवसर पाएका हुन् ।

पेरिस ओलम्पिकका लागि अन्तिम चरणको दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमै आयोजना भएको थियो । नेपालमा पहिलो पटक आयोजना भएको टेबलटेनिसको छनोट प्रतियोगितामा आफ्नो उत्कृष्टता सिद्ध गर्ने स्यान्टुले पेरिस ओलम्पिकमा स्थान पक्का गरेका हुन् । 

टेबलटेनिसका स्यान्टु श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान तथा पौडीकी डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

टेबलटेनिसका स्यान्टुले छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा सहभागी हुन लागेका हुन् । छनोट प्रतियोगितामा खेलेर ओलम्पिकमा सहभागी हुने उनी नेपालका तेस्रो खेलाडी हुन् । छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने नेपालको पहिलो खेलाडी तेक्वान्दोकी संगीना वैद्य र दोस्रो खेलाडी तेक्वान्दोकै दीपक विष्ट हुन् । 

पेरिस ओलम्पिकका लागि अन्तिम चरणको दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमै आयोजना भएको थियो । नेपालमा पहिलो पटक आयोजना भएको टेबलटेनिसको छनोट प्रतियोगितामा आफ्नो उत्कृष्टता सिद्ध गर्ने स्यान्टुले पेरिस ओलम्पिकमा स्थान पक्का गरेका हुन् । 

गत जेठमा काठमाडौँमा सम्पन्न छनोट प्रतियोगिताको पुरुष एकलतर्फ स्यान्टुले आफ्नै राष्ट्रका संयोग कपालीलाई हराउँदै ओलम्पिकमा स्थान बनाएका थिए । स्यान्टुले श्रीलंकाका चामिरा गिनिगेलाई र संयोगले पनि श्रीलंकाकै जयसनका डी सिल्भालाई हराउँदै छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाएका थिए । 

प्रतिस्पर्धात्मक फाइनलमा स्यान्टुले संयोगलाई ४–३ सेटले हराएका थिए । स्यान्टुओलम्पिक खेलकुदमा सहभागिता जनाउने पहिलो नेपाली टेबलटेनिस खेलाडी पनि बनेका छन् । स्यान्टुले पोखरामा सम्पन्न नवौँवृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेका थिए।

त्यसअघि उनले नेपालमै आयोजित १३औँ दक्षिण एसियाली खेलकुद (साग) पनि चारवटा पदक जितेर आफ्नो क्षमताको परिचय दिएका थिए । १३औँ साग सुरु हुनुअघि उनी दुर्घटनामा परेर घाइते भएका थिए । केही साता अस्पताल बसेपछि उनी पुनः प्रशिक्षणमा फर्किएका थिए। 

सन्तोषीले त्यसअघि नेपालमै आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पनि स्वर्ण पदक जितेकी थिइन् । उनले १३औँ सागको महिला १० हजार मिटर दौमा ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । 

यसैगरी, एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले ‘वाइल्ड कार्ड’मार्फत पेरिस ओलम्पिकमा सहभागिता जनाउन लागेकी हुन् । उनलाई पेरिस ओलम्पिकका लागि ‘वाइल्ड कार्ड’ उपलब्ध गराउन नेपाल एथलेटिक्स सङ्घले नेपाल ओलम्पिक कमिटी (एनओसी)मार्फत प्रक्रिया अगाडि बढाएको थियो ।

लामो दूरीकी धाविका सन्तोषीले पेरिस ओलम्पिकको म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् ।सन्तोषीले पहिलो पटक ओलम्पिकमा सहभागिता जनाउन लागेकी हुन् । यसअघि उनले चीनमा हाङचाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि देशको प्रतिनिधित्व गरेकी थिइन् । 

सन्तोषीले त्यसअघि नेपालमै आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पनि स्वर्ण पदक जितेकी थिइन् । उनले १३औँ सागको महिला १० हजार मिटर दौमा ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । 

सन्तोषीदक्षिण एसियाली खेलकुदको इतिहासमा एथलेटिक्सतर्फ नेपालका लागि स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी पनि हुन् । उनले गत वर्ष बंगलादेशमा सम्पन्न बंगबन्धु म्याराथनको दक्षिण एसियाली स्पर्धातर्फपनि स्वर्ण पदक जितेकी थिइन् । 

यसैगरी, नेपालका चर्चित ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पनि ‘वाइल्ड कार्ड’मार्फत नै पेरिस ओलम्पिक खेल्ने अवसर पाएका हुन् । प्रिन्सलाई विश्वव्यापी कोटाअन्तर्गत पेरिस ओलम्पिकमा सहभागी गराउन नेपाल ब्याडमिन्टन सङ्घले नेपाल ओलम्पिक कमिटीमार्फत प्रक्रिया अगाडि बढाएको थियो ।

सोही अनुरूप विश्व ब्याडमिन्टन महासङ्घको पहलमा प्रिन्सले पेरिस ओलम्पिकका लागि ‘वाइल्ड कार्ड’ प्राप्त गरेका हुन् । उनी नेपालबाट ओलम्पिक खेल्ने पहिलो ब्याडमिन्टन खेलाडी पनि हुन् । प्रिन्स नेपाली ब्याडमिन्टनका क्षमतावान् युवा खेलाडी हुन् । 

प्रिन्स विश्व जुनियर ब्याडमिन्टन वरीयताको पहिलो स्थानमा समेत कब्जा जमाउन सफल नेपाली खेलाडी हुन् । पेरिस ओलम्पिकमा उनले पुरुष एकल स्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनले चीनमा सम्पन्न ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । 

३३औँ गृष्मकालीन ओलम्पिकमा सुस्मिताले महिला १० मिटर एयर राइफल स्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । उनले जकार्तामै भएको विश्वकप सुटिङ च्याम्पियनसिपमा पनि भाग लिएकी थिइन् । त्यो प्रतियोगितामा उनले ६०२.५ स्कोर गरेकी थिइन् ।  

यसैगरी, सुटिङ खेलाडी सुस्मिता नेपालले पनि ‘वाइल्ड कार्ड’मार्फत नै पेरिस ओलम्पिक खेल्ने अवसर पाएकी हुन् । नेपाल सुटिङ सङ्घले नेपाल ओलम्पिक कमिटीमार्फत आईओसी समक्ष सुस्मिताको ‘वाइल्ड कार्ड’ का लागि प्रस्ताव गरेको थियो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘वाइल्ड कार्ड’का लागि आवश्यक न्युनतम स्कोर गरेका कारण सुस्मिताले पेरिस ओलम्पिकमा यो अवसर पाएकी हुन् । सुस्मिताले इन्डोनेसियाको जकार्तामा सम्पन्न एसियन सुटिङ च्याम्पियनसिपमा ६१६.२ गरेकी थिइन् । त्यसमा उनी ५०औँ वरीयतामा रहेकी थिइन् ।

३३औँ गृष्मकालीन ओलम्पिकमा सुस्मिताले महिला १० मिटर एयर राइफल स्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । उनले जकार्तामै भएको विश्वकप सुटिङ च्याम्पियनसिपमा पनि भाग लिएकी थिइन् । त्यो प्रतियोगितामा उनले ६०२.५ स्कोर गरेकी थिइन् ।  

सुस्मिताले चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि भाग लिएकी थिइन् । उनले सन् २०१८ मा इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा सम्पन्न १८औँ एसियाली खेलकुदमा पनि सहभागिता जनाएकी थिइन् । नेपाली सुटिङ खेलाडीले यसअघि पनि ओलम्पिकमा सहभागिता जनाइसकेका छन् । नेपालले सन् १९८८ को सोल ओलिम्पकदेखि सुटिङमा सहभागिता जनाउन थालेको हो । तर, ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न ओलम्पिकमा भने नेपालले सुटिङ खेलमा सहभागिता जनाएको थिएन ।

प्रतिभाशाली पौडी खेलाडी डुवानाले नेपालमै सम्पन्न १३औँदक्षिण एसियाली खेलकुद (साग)मा पनि देशका लागि पदक जितेकी छन् । उनले १३औँ सागको दुई सय मिटर बे्रस्टस्ट्रोक र दुई सय मिटर बटरफ्लाई स्पर्धामा रजत पदक जितेकी थिइन् । उनले पेरिस ओलम्पिकका लागि वैदेशिक प्रशिक्षण पनि गरेकी थिइन् । 

यसैगरी, पौडी खेलाडी डुवाना लामाले पनि पेरिस ओलम्पिकमा सहभागिता जनाउने भएकी छन् । उनी पनि ‘वाइल्ड कार्ड’मार्फत पेरिस ओलम्पिकमा छनोट भएकी हुन् । नेपाल पौडी सङ्घले नेपाल ओलम्पिक कमिटीमार्फत डुवानालाई ‘वाइल्ड कार्ड’ उपलब्ध गराउन प्रक्रिया अगाडि बढाएको थियो । 

गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा डुवानाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले नवौँ वृहत् राष्ट्रिय खेलकुदमा कीर्तिमानसहित नौवटा स्वर्ण पदक जितेकी थिइन् । अन्य घरेलु प्रतियोगितामा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् ।

प्रतिभाशाली पौडी खेलाडी डुवानाले नेपालमै सम्पन्न १३औँदक्षिण एसियाली खेलकुद (साग)मा पनि देशका लागि पदक जितेकी छन् । उनले १३औँ सागको दुई सय मिटर बे्रस्टस्ट्रोक र दुई सय मिटर बटरफ्लाई स्पर्धामा रजत पदक जितेकी थिइन् । उनले पेरिस ओलम्पिकका लागि वैदेशिक प्रशिक्षण पनि गरेकी थिइन् । 

यसैगरी, पेरिस ओलम्पिकमा पौडी खेलाडी एलेक्जेन्डर शाहले पनि सहभागिता जनाउने छन् । उनले पनि ‘वाइल्र्ड कार्ड’मार्फत नै पेरिस ओलम्पिक खेल्न लागेका हुन् । एलेक्जेन्डरले यसअघि पनि ओलम्पिक खेलकुदको अनुभव बटुलिसकेका छन् । 

उनले सन् २०२० मा जापानको राजधानी टोकियोमा सम्पन्न ओलम्पिक खेलकुदमा पनि नेपालको प्रतिनिधित्व गरेका थिए । उनले नवौँवृहत राष्ट्रिय खेलकुदको ५० मिटर फ्रिस्टाइल स्पर्धामा आफ्नै कीर्तिमान सुधार गरेका थिए । 

एलेक्जेन्डरले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेका छन् । उनलेकतारको दोहामा भएको विश्व एक्वाटिक च्याम्पियनसिप र चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि सहभागिता जनाएका थिए । 

यसैगरी, जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पनि पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । उनले पनि ‘वाइल्ड कार्ड’मार्फत नै पेरिस ओलम्पिकमा सहभागिता जनाउन लागेकी हुन् । पेरिस ओलम्पिकमा मनीताले महिला ५७ केजीभन्दा मुनिको तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् ।

दक्षिण एसियाली खेलकुद (साग) को १२औँ र १३औँ संस्करणकी रजत पदक विजेता २५ वर्षीया मनीताले नौ वर्षको उमेरदेखि जुडो खेल्न थालेकी थिइन् । उनको पहिलो प्रतियोगिता सन् २०११ मा काठमाडौँमा आयोजना भएको त्रियोग जुडो च्याम्पियनसिप हो । त्यसमा मनीताले स्वर्ण पदक जितेकी थिइन् । 

मनीता ओलम्पिक छात्रवृत्तिप्राप्त खेलाडी पनि हुन् ।मनतिाले किर्गिस्तानमा भएको जुनियर एसियाली जुडोमा कांस्य, थाइल्यान्ड विश्वविद्यालय जुडोमा स्वर्ण, दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा रजतलगायतका अन्तर्राष्ट्रिय पदक जितेकी छन् । मनीतासँग एसियाली खेलकुदको १८औँ र १९ औँ संस्करण खेलेको अनुभव पनि छ । पेरिस ओलम्पिककै लागि मनीताले जापान, चाइनिज ताइपेइ, हङकङ र किर्गिस्तानमा छनोट प्रतियोगिता खेलेकी थिइन् । 

ब्याडमिन्टनको प्रशिक्षक भने नेपाली टोलीमा छैनन् । त्यसैले प्रिन्स दाहाल प्रशिक्षक बिना नै पेरिस प्रस्थान गरेका छन् । नेपाली ब्याडमिन्टनका यी प्रतिभाशाली खेलाडीले अब ओलम्पिकजस्तो वृहत् प्रतियोगितामा प्रशिक्षक बिना नै प्रतिस्पर्धा गर्नु पर्नेछ ।

ओलम्पिकमा सहभागी हुने मनीता छैटौँ नेपाली जुडो खेलाडी हुन् । यसअघि सन् १९८८ को सोल ओलम्पिकमा गंगाबहादुर डंगोल र ऋषिराम प्रधान, सन् २००८ को बेइजिङ ओलम्पिकमा देबु थापा, सन् २०१६ को रियो ओलम्पिकमा फुपु ल्हामु खत्री तथासन् २०२० को टोकियो ओलम्पिकमा सोनिया भट्टले जुडोमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

पेरिस ओलम्पिकमा नेपालबाट २९ सदस्यीय टोली सहभागी हुने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । पेरिस ओलम्पिकमा प्रशिक्षकको भूमिकामा पाँचजनाले सहभागिता जनाउने छन् । राजेन्द्र कपाली टेबलटेनिस, कान्तिकुमारी महतो एथलेटिक्स, प्रदीप खाती सुटिङ, नयना शाक्य पौडी र देबु थापा जुडेको प्रशिक्षकको भूमिकामा ओलम्पिकमा सहभागी हुनेछन् । 

तर, ब्याडमिन्टनको प्रशिक्षक भने नेपाली टोलीमा छैनन् । त्यसैले प्रिन्स दाहाल प्रशिक्षक बिना नै पेरिस प्रस्थान गरेका छन् । नेपाली ब्याडमिन्टनका यी प्रतिभाशाली खेलाडीले अब ओलम्पिकजस्तो वृहत् प्रतियोगितामा प्रशिक्षक बिना नै प्रतिस्पर्धा गर्नु पर्नेछ ।

टिम अफिसियलका रूपमा पौडी सङ्घका निवर्तमान अध्यक्ष अशोकरत्न बज्राचार्य, जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य, ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र नेपाल कुश्ती सङ्घका अध्यक्ष प्रकाशकुमार कुसारी पेरिस ओलम्पिकमा सहभागी हुँदै छन् ।

यसैगरी, टिम अफिसियलकै रूपमा नेपाल सुटिङ सङ्घका अध्यक्ष पुष्पदास श्रेष्ठ, नेपाल टेनिस सङ्घकी अध्यक्ष ज्योति राणा र ओलम्पिक कमिटीका सहसचिव पिताम्बर तिमिल्सिना पनि पेरिस ओलम्पिकमा सहभागी हुँदै छन् ।

पेरिस ओलम्पिकमा सेभ दी मिसनका रूपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ सहभागी हुँदै छन् । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी पनि पेरिस ओलम्पिकमा सहभागी हुनेछन् । 

यो ६० वर्षको अवधिमा नेपालका तीनजना खेलाडीले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेल्न सकेका छन् । अरू सबै खेलाडीले ‘वाइल्ड कार्ड’मार्फत ओलम्पिकमा सहभागिता जनाउँदै आएका छन् । छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी तेक्वान्दोकी संगिना बैद्य हुन् । 

यसैगरी, ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठ र कार्यकारी सचिव सुजनलाल श्रेष्ठ पनि ओलम्पिकमा सहभागी हुँदै छन् । अतिथिका रूपमा पनि केही व्यक्ति पेरिस जाँदैछन् । दुईजना पत्रकार पनि पेरिस ओलम्पिकमा सहभागी हुँदै छन् । 

नेपालले ओलम्पिक खेलकुदमा सहभागिता जनाउन थालेको ६० वर्ष पुगिसकेको छ । नेपालले सन् १९६४ मा पहिलो पटक ओलम्पिक खेलकुदमा सहभागिता जनाएको थियो । तर, नेपालले हालसम्म ओलम्पिक खेलकुदमा एउटा पदक पनि जित्न सकेको छैन ।

यो ६० वर्षको अवधिमा नेपालका तीनजना खेलाडीले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेल्न सकेका छन् । अरू सबै खेलाडीले ‘वाइल्ड कार्ड’मार्फत ओलम्पिकमा सहभागिता जनाउँदै आएका छन् । छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी तेक्वान्दोकी संगिना बैद्य हुन् । 

त्यसपछि तेक्वान्दोकै दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएका थिए । छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो खेलाडी टेबलटेनिसका स्यान्टु श्रेष्ठ हुन् । उनी छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा सहभागी भएका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप