१० बजे, १० समाचार
आज २०८१ साउन १० गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- सौर्य एयरलाइन्स दुर्घटना
बुधबार बिहान ११ बजेर १३ मिनेट आसपास भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा कम्पनीले गम्भीर लापरबाही गरेको पाइएको छ । काठमाडौँबाट मर्मतका लागि पोखरा जाँदै गर्दा दाहिनेतर्फ अत्यधिक मोडिँदा विमान भुइँमा बजारिएको थियो । फलस्वरुपः विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको छ । विमानमा सवारमध्ये पाइलट मनिषरत्न शाक्य मात्रै जीवित छन् ।
- संसदीय समिति
संसद्को पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्न निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले योसहित ५ वटा निर्देशन दिएको हो ।
- मन्त्रिपरिषद् बैठक
सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।
- केन्द्रीय समिति बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ९० दिनभित्र विधान परिमार्जन र संशोधन गर्ने भएको छ । सो पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले यसअघि गठित विधान परिमार्जन र संशोधन गर्न बनेको नेता कवीन्द्र बुर्लाकोटी नेतृत्वको कार्यदललाई ९० दिनभित्र सुझाव पेस गर्न निर्देशन दिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए ।
- निर्मला हत्याकाण्ड
२०८१ असार ३० मा तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भनेका थिए–‘निर्मला पन्तको हत्यारा नजिक पुगेका छौँ ।’ अनुसन्धानमा संलग्न अधिकृतहरूले लामिछानेको दाबी ठिक रहेको बताएका छन् । कञ्चनपुर घर भएका तर, विदेशमा बस्ने दुई जनालाई शङ्काको घेरामा राखेर अनुसन्धान गरिरहेको प्रहरी स्रोतको भनाइ छ ।
- रोकियो शपथ
बागमती प्रदेशमा मन्त्री नियुक्तिका विषयमा कांग्रेसमा किचलो चर्किएको छ । प्रदेशको १३ मन्त्रालयमध्ये ६ मन्त्रालयको भाग पाएको कांग्रेसले बिहीबार थप ४ मन्त्रीको शपथग्रहण गर्ने तयारी गरेको थियो । तर, अन्तिम समयमा शपथग्रहण रोकिएको हो ।
- प्रहरी ऐन
नेपाल प्रहरीलाई प्रदेशमा समायोजन गर्नुअघि नयाँ ऐन आवश्यक देखिएपछि गृह मन्त्रालयले नयाँ ऐनको मस्यौदा तयार गरेको छ । तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा २०८० पुसमा समिति बनाएर त्यसबारे सुझाव मागेका थिए । समितिले नेपाल प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गर्न सुझाव दिएको हो ।
- लुम्बिनी प्रदेश सरकार
प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको ठाडो हस्तक्षेपमा लुम्बिनीमा चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएको खुलेको छ ।
- अपराधको अखडा
सर्लाहीमा साउन ७ गते सोमबार पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भयो । आफ्नै सहयोगीबाट रायको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत जेठ ३२ मा बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भयो । गोली प्रहार गरी उनको हत्या भएको थियो । मृत्युकालीन घोषणामा कुशवाहले आफूमाथि पूर्वसैनिक जवान सुरेन्द्र कुशवाहले गोली हानेको बताएका थिए ।
- न्यायालय
सम्पत्ति शुद्धीकरणका मुद्दाहरू धमाधम जिल्ला अदालतमा दर्ता हुन थालेका छन् । देशका ७७ वटै जिल्लामा जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण मुद्दा अन्य फौजदारी अपराधसँगै अनुसन्धान अघि बढाउँदै जिल्ला अदालतमा अभियोगपत्र पेस गर्न थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्टको नाममा लेखियो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खराब कीर्तिमान !
-
अफगानिस्तानमा गाडी दुर्घटना, ६ जनाको मृत्यु
-
स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ : मन्त्री पौडेल
-
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवा : चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने ?
-
राजनीतिक अस्थिरताका कारण व्यवसायी मारमा : महासचिव पोखरेल
-
बबाल बुमराह, निरीह अस्ट्रेलियाको टप अर्डर !