मीनराज वसन्तद्वारा अनूदित ‘पहेँलो छाता’ सार्वजनिक

काठमाडौँ । प्रसिद्ध भारतीय लेखक उदय प्रकाशद्वारा लिखित ‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद ‘पहेँलो छाता’ सार्वजनिक भएको छ । सम्पूर्ण किताब चितवनमा भएको एक अनौपचारिक जमघटमा ‘पहेँलो छाता’ सार्वजनिक गरिएको हो ।
स्रस्टाहरू भूपिन, डा एकनारायण पौड्याल, डा केशवराज चालिसे, रमेश प्रभात, चेतराज रेग्मी, लेखराम सापकोटा, अमर घिमिरेलगायतले कृति सार्वजनिक गरे । कृति सार्वजनिक गर्दै भूपिनले आफू उदय प्रकाशको लेखनको प्रशंसक भएको बताए ।
“उहाँका कृतिमध्ये मलाई मनपर्नेमध्येको एक पिली छतरी वाली लडकी पनि हो”, उनले भने, “यसलाई मीनराज बसन्तले नेपालीमा अनुवाद गरेर राम्रो काम गर्नुभएको छ । यो ज्यादै खुसीको कुरा हो ।”
पहेँलो छाता’मार्फत पाठकले उदय प्रकाशको समाजलाई हेर्ने दृष्टिकोण र बुझ्ने धारणा महसुस गर्ने सकिने उनको भनाइ थियो । “भारतीय उपमहाद्वीपमा जुन जातीय र भाषिक मुद्दा छ, त्यसलाई उदय प्रकाशले कलात्मक ढङ्गले विश्वविद्यालयको परिवेशमा कथा उनेका छन्”, भूपिनले भने, “नेपालमा पनि दलितमुक्ति आन्दोलनका लेखक तथा पाठक दुवैका लागि यो कृति फाइदाजनक छ । भाषिक कोमलतामा पनि यति सुन्दरता कृति लेख्न सकिन्छ भन्ने थाहा पाउन पनि यो कृति पढ्नुपर्छ ।”
‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद आख्यानकार मीनराज वसन्तले गरेका हुन् । उनका यसअघि दुई आख्यान ‘मुदिर’ (२०७३) र ‘पिपिरी’ (२०७५) प्रकाशित छन् भने लेनिनको जीवनी ‘लेनिन’ (अनुवाद) प्रकाशित छन् । बीएन पुस्तकले प्रकाशन गरेको कृतिको मूल्य रु चार सय २५ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीके र रेशमको एकता : मिलनमाथि नै आशंका, कतिञ्जेल टिक्ला ?
-
विद्युत आपूर्तिको अवस्था तथा औद्योगिक ग्राहकहरुको विद्युत कटौती विषयमा छलफल
-
घुसपैठ गरेको आरोपमा शिक्षकहरूले कुटे स्कुलका कार्यालय सहयोगी
-
आकस्मिक बाहेकका सेवा बन्द गरेर चिकित्सकहरू निरन्तर आन्दोलनमा
-
नेप्सेमा ३.५८ अङ्कको वृद्धि, बढ्यो कारोबार
-
सुदूरपश्चिमको मानव विकास सूचकांकमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छ : परराष्ट्रमन्त्री