सिभिल अस्पतालको पार्किङबाट मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाराको कोहल्वी नगरपालिका २ ककडी घर भई हाल काठमाडौँको किर्तीपुर बस्ने २३ वर्षीय सुवाष चौधरी र कोहल्वी नगरपालिका ५ घर भई हाल ललितपुरको थसिखेल बस्दै आएका २४ वर्षीय यम नारायण चौधरीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत मंगलबार काठमाडौँको सिभिल अस्पतालमा पार्किङ गरी राखेको बागमती प्रदेश ०२-०४३ प ०९ ९५ नम्बरको मोटरसाइकल चोरी भएको भनी भक्तपुरका मनिष बहादुर कार्कीले दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका चौधरीद्वयले चोरी गर्ने समयमा प्रयोग गरेको लु २२ प ८५ २० नम्बरको मोटरसाइकलसहित सीसीटीभी फुटेजका आधारमा उनीहरू नियन्त्रणमा आएका हुन् । उनीहरूको साथबाट मोटरसाइकल चोरी कार्यमा प्रयोग हुने विभिन्न औजारहरू समेत प्रहरीले बरामद गरेको छ ।
चोरी गरेको बागमती प्रदेश ०२-०४३ प ०९ ९५ नम्बरको मोटरसाइकलका सन्दर्भमा प्रहरीले अनुसन्धान गरिरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । नियन्त्रणमा आएका उनीहरूलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा