महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि सांसदहरूले उठाए प्रश्न

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको क्षमतामाथि सांसदहरूले प्रश्न उठाएका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अधिकांश सांसदहरूले प्राधिकरणको नेतृत्व माथि प्रश्न उठाएका हुन् ।
सांसदहरूले प्राधिकरणको नेतृत्व आएसँगै मुलुकमा ७ भन्दा बढी हवाई दुर्घटना भएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका हुन् । उनीहरुले विगत १९ महिनादेखि संसदीय समितिमा हवाई सुरक्षाका विषयमा भएको कामको परिणाम माग्दा समेत कुनै प्रगति विवरण समितिलाई दिन नसकेको भन्दै नेतृत्वको आलोचना समेत गरेका छन् ।
सांसदहरूले इयुको कालोसूचीबाट हटाउनको लागि प्राधिकरणले अहिलेसम्म गरेको काम सन्तोषजनक नभएको भन्दै परिणाम आउने गरी काम गर्न नसकेको उल्लेख गरे । सांसदहरूले प्राधिकरणको जिम्मेवारी लिएपछि ७ वटा हवाई दुर्घटना हुँदा समेत प्राधिकरणको नेतृत्व जिम्मेवार नभएको भन्दै राजीनामा दिन सक्नुपर्ने बताए । उनीहरुले नैतिकताको आधारमा नेतृत्वले राजीनामा गर्नुपर्ने उल्लेख गरे । प्राधिकरणको नेतृत्व जिम्मेवारी लिनुपर्ने भएपनि सधैँ अरूलाई दोष दिने गरेको बताए । सांसदहरूले समितिमा बोल्दै नियमन र सर्भिस दिने निकाय फरक–फरक बनाउन आवश्यक रहेको बताए । उनीहरुले नेपाली आकाश सुरक्षित छ भन्ने वातावरण बनाउन आवश्यक ऐन कानुन तत्काल बनाउन आवश्यक रहेको समेत बताए ।
समितिमा बोल्दै नेपाली कांग्रेसका सांसद उदय समशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि प्रश्न उठाए । उनले अधिकारीले प्राधिकरणको नेतृत्व सम्हालेदेखि ७ वटा हवाई दुर्घटनामा परिसकेको भन्दै महानिर्देशकले जिम्मेवारी लिनुपर्ने बताए । उनले नेपाली आकाशमा आन्तरिक मात्र नभएर विदेशी जहाजहरू समेत दुर्घटनामा परेको बताए । उनले सन् १९९६ यता साना ठुला ६० वटा जहाज दुर्घटनामा परिसकेको बताए । उनले प्राधिकरणमा अधिकारीको नेतृत्व लिए यता मात्र ७ वटा जहाज दुर्घटनामा परिसकेको भन्दै यसको जिम्मेवारी लिनुपर्ने उल्लेख गरे । उनले अब प्राधिकरणको नेतृत्व फेर्ने कुरामा सोच्ने बेला आएको बताए ।
समिति बैठकमा बोल्दै नेकपा एमालेकी सचेतक सुनिता बरालले हवाई सुरक्षाका विषयमा देश, सरकार र मुलुकको अभ्यास यस्तै हो भन्दै प्रश्न गरिन् । जिम्मेवार निकायहरूले परिणाम ल्याउने कुरामा विषयान्तर गर्न नहुने उनले बताइन् । उनले जिम्मेवार निकायका प्रमुखहरूले परिणाम दिने कुरामा विषयान्तर गर्न खोजेको बताइन् । उनले हवाई सुरक्षामा इयुको कालोसूचीबाट हटाउने लगायतका विषयमा मन्त्रीले प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको बताइन् ।
सचेतक बरालले कोरियामा नेपाली जहाज उडान गर्ने विषय प्राविधिक समस्या देखाएर अड्काएर राख्न नहुने बताइन् । उनले प्राधिकरणको नेतृत्व र वायुसेवा निगमको नेतृत्वले सम्बन्धित निकायहरूसँग उडान गर्न तदारुकता नदेखाएको बताइन् । उनले दूतावासले प्रयास गर्दा समेत प्राधिकरण र नेपाल वायु सेवा निगमले काम नगरेको बताइन् ।
समिति बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्राधिकरणमा प्रदीप अधिकारी महानिर्देशक भएपछि मात्रै ७ वटा जहाज विमान दुर्घटना भएको बताए । उनले ७ वटा जहाज विमान दुर्घटनामा ११८ जनाको ज्यान गएको बताए । उनले पछिल्लो दुई वर्षमा ७ वटा विमान दुर्घटना हुनुमा नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको कमजोरी रहेको कुरा तथ्यबाट स्पष्ट भन्न सकिने अवस्था रहेको बताए ।
सांसद एकनाथ ढकालले पनि सौर्य एयरलाइन्सको दुर्घटनाका विषयमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पन्छिन खोजेकाे बताए । उनले संसदीय समितिमा सांसदहरूले सोधेका प्रश्नबाट कोही पनि भाग्न नमिल्ने बताए । उनले संसदीय समितिमा सांसदहरूले सोधिएका प्रश्नको जवाफ दिन सक्नुपर्ने नत्र पदबाट राजीनामा दिनुपर्ने बताए । उनले हवाई सुरक्षा सम्बन्धि नियमनकारी निकायहरूको समितिमा आएको जवाफबाट सन्तुष्ट नभएको बताए ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अहिलेसम्म भएका हवाई दुर्घटना र मृत्यु भएका ९६९ को जिम्मेवारी लिने बताए । उनले सबै दुर्घटनाको नैतिक जिम्मेवारी आफ्नो भएको बताए । उनले अहिले राज्यले गठन गरेको आयोग नै आधिकारिक भएको बताए । उनले आयोगले छानबिन गरेर जसको गल्ती देखायो त्यसकै गल्ती हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ताकेतादेखि माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामासम्म
-
काठमाडौँ महानगरका मेयर र उपमेयरसँगको छलफलपछि प्रधानाध्यापकहरू उत्साहित
-
अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान
-
३३७२ जोर जुत्ता भन्सार छलेर ल्याएको आरोपमा तीन जनाविरुद्ध १० करोडको मुद्दा
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने